प्रधानमन्त्रीदेखि सर्वसाधारणलाई उपन्यास पढाउँदै प्रियासन

गणतन्त्र नेपाल समाचारदाता

काठमाडौं । नेपालकै दोस्रो धेरै उपन्यास लेख्ने उपन्यासकार सविन प्रियासन यतिबेला काठमाडौँमा सर्वसाधारणदेखि प्रधानमन्त्रीसम्मलाई उपन्यास पढाउँदै हिँड्नुभएको छ।

प्रियासनले पछिल्लो पटक प्रकाशन गरेको कडी उपन्यास नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गर्दै उपन्यासभित्रको विषयवस्तुबारे जानकारी गराउनु भएको छ । कडी उपन्यास प्रियासनको ११औ उपन्यास हो। उपन्यासमा देशलाई आत्मनिर्भर एवं समृद्ध बनाउने उपायको बारेमा समेत उल्लेख गरिएकाले प्रधानमन्त्रीलाई सो उपन्यास हस्तान्तरण गरिएको उपन्यासकार प्रियासनको भनाइ छ ।

उपन्यासमा वैदेशिक रोजगारले समाजमा पारेको असरलाई मसिनरी केलाइएको छ । वैशाख महिनामा बजारमा आएको उक्त उपन्यास दाङको घोराहीमा विमोचन भएको हो। प्रियासनका अनुसार हाल काठमाडौँमा उक्त उपन्यास नेकपा एमालेका महासचिव शंकर पोख्रेल, स्थायी कमिटी सदस्य राजेन्द्र गौतम, पोलिट ब्युरो सदस्य शान्ता चौधरी, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्मा, प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश पाण्डे लगायतका वरिष्ठ व्यक्तिहरूलाई उपलब्ध गराइएको छ ।

यसैगरी उपन्यासमा रुचि राख्ने अन्य दर्जनौं सर्वसाधारण व्यक्तिहरुलाई पनि उपन्यास उपलब्ध गराइएको प्रियासनले जानकारी दिनुभयो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID