गढवाको कोइलाबासमा एक महिने स्तरोन्नति कटाई–सिलाई तालिम सम्पन्न

आलोक भावुक

गढवा, २७ असार। गढवा गाउँपालिका वडा नम्बर ८, कोइलाबासमा सञ्चालन गरिएको एक महिने स्तरोन्नति कटाई–सिलाई तालिम बिहीबार सम्पन्न भएको छ। गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा तालिम सम्पन्न भएको हो।

“सिप सिकौँ, स्वरोजगार बनौँ” भन्ने नाराका साथ सञ्चालित उक्त तालिममा सहभागी महिलाहरुलाई व्यवसायिक सीपमार्फत आत्मनिर्भर बन्न प्रेरित गरिएको थियो। तालिममा गढवा–८ कोइलाबास क्षेत्रका ११ जना महिलाहरूको सहभागिता रहेको थियो।

तालिमको समापन कार्यक्रम वडा अध्यक्ष अब्दुल खालिक सिद्धिकीको अध्यक्षतामा तथा गढवा गाउँपालिकाकी उपाध्यक्ष शारदाकुमारी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

समापन कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले महिलाहरूलाई आत्मनिर्भर बनाउन कटाई–सिलाई जस्ता व्यावसायिक तालिमहरू अत्यन्त उपयोगी हुने बताउनु भयो। उहाँले तालिम सकेपछि महिलाहरूले सीपलाई व्यवसायमा रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो।

तालिमपछि सहभागीहरूले आफूहरू आर्जनमुखी कार्यमा लाग्ने प्रतिबद्धता जनाएका छन्। गढवा गाउँपालिकाले विगतदेखि नै महिलाहरूलाई लक्षित गरी विभिन्न प्रकारका सीपमूलक तालिम सञ्चालन गर्दै आएको जनाइएको छ।

कार्यक्रममा वडा सदस्य रामकुमारी सुनार, वडा सचिव तुलसा ढुङ्गेल, शान्ति पुनःस्थापना गृह कोइलाबासकी प्रमुख सिमा जिसी, प्रशिक्षक चन्द्र परियार लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रम सञ्चालन महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले गर्नुभएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID