धानखोला सहकारी घोटाला छानबिनको माग गर्दै अनसन बसेका सन्देश भण्डारीको अनसन सकियो

आलोक भावुक

गढवा, २२ असार । धानखोल कृषि सहकारी संस्था लगायत अन्य सहकारी संस्थामा भएको भनिएको बजेट दुरुपयोग तथा घोटालाको निष्पक्ष छानबिनको माग गर्दै गढवा गाउँपालिकामा अनसनरत रहेका स्थानीय युवा तथा सामाजिक अभियन्ता सन्देश भण्डारीले आफ्नो अनसन अन्त्य गरेका छन्।

भण्डारीले उठाएका मागहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेको र सो मामिलामा गाउँपालिका पूर्णरूपमा सहयोग गर्न तयार रहेको अध्यक्ष यमनारायण शर्मा पोख्रेलको स्पष्ट प्रतिबद्धता पछि अनसन समाप्त गरिएको हो।

भण्डारीले ‘सहकारी घोटाला छानबिन गर’, ‘सहकारी पीडित महिला दिदीबहिनीलाई न्याय दे’, ‘भ्रष्टाचारीलाई कारबाही गर’ लगायतका नारासहित विगत तीन दिनदेखि पालिकामा बारम्बार धर्ना दिँदै आएका थिए।

अनसनको क्रममा गाउँपालिकाप्रति समाजमा नकारात्मक धारणा बन्न गएको भन्दै भण्डारीले माफी समेत मागेका छन्। उनले अरूको गल्तीका कारण गाउँपालिका अध्यक्षको नामसमेत जोडिएकोप्रति खेद व्यक्त गर्दै क्षमायाचना गरेका हुन्।

सन्देश भण्डारीले गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल असल कार्यशैली भएका व्यक्ति भएको उल्लेख गर्दै अबका दिनमा पालिका अध्यक्षसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

अनसन अन्त्यको घोषणा गर्दै अभियन्ता भण्डारीले पालिकाका अन्य व्यक्तिबाट आफूले जे-जस्ता व्यवहार भोगे पनि अध्यक्ष पोख्रेलबाट न्यायपुर्ण व्यवहार भएको भन्दै कृतज्ञता व्यक्त गरेका छन् ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID