लमही नगरपालिकाद्वारा जेष्ठ नागरिक सम्बन्धी आचारसंहिताको पुस्तक विमोचन

गणतन्त्र नेपाल समाचारदाता

दाङ – लमही नगरपालिकाले जेष्ठ नागरिकहरूको हक, अधिकार, सम्मान र संरक्षणका विषयमा केन्द्रित पुस्तक निर्माण गरेको छ । जेष्ठ नागरिकमैत्री समाज निर्माण गर्ने उद्देश्यसहित तयार गरिएको उक्त पुस्तकले स्थानीय राज्यबाट पाउने सेवा सुविधा र आचारसंहिता लगायतका विषय समेटिएको छ ।

“तिमी जवान हुँदा वृद्धको सम्मान गर्न सिक, किनकी जीवनमा तिमी पनि एक दिन वृद्ध हुनेछौ” भन्ने सन्देशका साथ लमही नगरपालिकाले जेष्ठ नागरिकका हक, अधिकार, सम्मान र संरक्षण सम्बन्धी आचारसंहिता २०८१ को विमोचन गरेको हो ।

नगरपालिकाका अनुसार पुस्तकमार्फत जेष्ठ नागरिकले आफूलाई प्राप्त हुने सेवा, सुविधा र अधिकारबारे स्पष्ट जानकारी पाउनेछन । साथै, नगरपालिकाले अवलम्बन गरेका नीतिहरू, सामाजिक सुरक्षा कार्यक्रमहरू, स्वास्थ्य तथा सन्दर्भ सेवालगायत थुप्रै जेष्ठ नागरिकमैत्री व्यवहारसम्बन्धी मार्गनिर्देशन पनि पुस्तकमा उल्लेख गरिएको छ । पुस्तकका बारेमा नागरिक समाज दाङका संयोजक निम बहादुर थापाले टिप्पणी गरेका थिए ।

पुस्तकको विमोचन गर्दै लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले जेष्ठ नागरिकहरू जीवनको अनुभवका भण्डार हुन । उनीहरूको सम्मान गर्नु भनेको आफैंको भविष्यको सम्मान भएको बताइन । जेष्ठ नागरिकहरू जीवनभरि साङ्घर्ष, मेहनत र समर्पणका साथ समाज र राष्ट्रको विकासमा योगदान पुर्‍याएको स्मरण गराउँदै भनिन्,। “आज हामी जुन सुविधा र सम्भावनामा बाँचिरहेका छौं, त्यसको जग यही जेष्ठ पुस्ताले राखेका हुन् ।उनीहरूका अनुभव, सल्लाह र मार्गदर्शनबाट हामी धेरै सिक्न सक्छौं । त्यसैले जेष्ठ नागरिकको सम्मान गर्नु भनेको आफ्नै सामाजिक जिम्मेवारी र कृतज्ञताको अभिव्यक्ति हो ।”

त्यसैगरी लमही नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मनोज कुमार चौधरीले जेष्ठ नागरिकहरू दैनिक जीवनका विभिन्न पक्षमा समस्या भोग्दै आइरहेको भन्दै ती समस्याहरूको समाधानमा सम्बन्धित निकाय र सरोकारवाला सबै गम्भीर हुनुपर्ने आवश्यकता औँल्याएका छन । वडा अध्यक्ष चौधरीले जेष्ठ नागरिकहरूको हितमा विभिन्न प्रकारका आचारसंहिताहरू निर्माण भए पनि ती आचारसंहिताहरू प्रभावकारी रूपमा लागू हुन नसक्नु दुःखद् विषय भएको उल्लेख गरे । उनले भने, “कानुन र नीति त बनेका छन्, तर तिनको कार्यान्वयनमा कमजोरी देखिनु आफैमा गम्भीर विषय हो ।”

उनले आचारसंहिताको प्रभावकारी कार्यान्वयनबाट जेष्ठ नागरिकहरूलाई सुरक्षित, सम्मानित र आत्मनिर्भर जीवन जिउन सहज हुने विश्वास व्यक्त गरे । “जेष्ठ नागरिक हाम्रो समाजका अनुभवका भण्डार हुन्, उनीहरूको सम्मान गर्नु हाम्रो कर्तव्य हो,” वडा अध्यक्ष चौधरीले जोड दिए ।

लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुवेदीले नगरपालिकाले विभिन्न नीति तथा नियम बनाए पनि ती नियमहरूको कार्यान्वयनमा गम्भीर कमजोरी रहेको टिप्पणी गरेका छन । ट्राफिक व्यवस्थापनदेखि जेष्ठ नागरिक सेवासम्मका विषयमा भइरहेको बेवास्ताप्रति चिन्ता व्यक्त गर्दै उनले भने, “ट्राफिक व्यवस्थापनका लागि पटक–पटक छलफल र निर्णय भए पनि कार्यान्वयन हुन सकेको छैन । इ–रिक्सा चालकहरूले मनपरी भाडा लिने गरेका छन्, जसका कारण चौतर्फी गुनासा आउँछन ।”

उनले जेष्ठ नागरिकहरूले सामाजिक सुरक्षा भत्ता लिन बैंकमा लामो लाइनमा बस्नुपर्ने बाध्यता रहेको र ४ हजार रुपैयाँ भत्तामा पनि फुटकर रकम धेरै दिँदा थप झन्झट व्यहोर्नु परेको गुनासो नियमित रूपमा वडा कार्यालयमा आउने गरेको जानकारी दिए । वडाध्यक्ष सुवेदीले नीतिको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित निकाय र सरोकारवालाबीच समन्वय र जिम्मेवारीको स्पष्टता आवश्यक रहेको धारणा व्यक्त गरे ।

त्यसैगरी अस्थायी ट्राफिक पोस्ट लमहीका प्रमुख माधव रावतले ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन सबैको सहयोग अनिवार्य रहेको बताएका छन । प्रहरीको एक्लो प्रयास पर्याप्त नहुने भन्दै उनले समुदाय, स्थानीय तह र नागरिक समाजका सबै पक्षबाट सूचना आदान–प्रदान सहित सक्रिय सहयोग आवश्यक रहेको बताए । जेष्ठ नागरिकका हक–हितको सन्दर्भमा उनले सेवा लिने कुनै पनि स्थानमा विभेदको अनुभव भएमा तुरुन्तै प्रहरीलाई जानकारी गराउन आग्रह गरे । ‘जेष्ठ नागरिकप्रति सम्मानजनक व्यवहार सुनिश्चित गर्न प्रहरी सधैं प्रतिबद्ध छ,’ प्रमुख रावतले भने ।

त्यसैगरी बैंकर्स एसोसिएसन लमहीका अध्यक्ष आश कुमार जरेजुले जेष्ठ नागरिकप्रति सम्मानजनक व्यवहार र सेवामा प्राथमिकता दिने विषयमा बैंकहरू प्रतिबद्ध रहेको स्पष्ट पारेका छन । उनले लमहीमा आयोजित एक कार्यक्रममा बोल्दै जेष्ठ नागरिकहरूले लामो समय देश र समाजको सेवा गरेका कारण अबको समयमा उनीहरूलाई सहज, सरल र शीघ्र सेवा दिनु सबै वित्तीय संस्थाहरूको जिम्मेवारी रहेको बताए । “हामीले बैंकिङ सेवा लिँदा जेष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राख्ने नीति अवलम्बन गरेका छौं,” अध्यक्ष जरेजुले भने ।

उनका अनुसार कतिपय बैंकहरूमा जेष्ठ नागरिकका लागि अलग काउण्टर, विश्रामस्थल र सहज सेवा प्रवाहका उपायहरू लागू भइसकेका छन् भने बाँकी स्थानहरूमा पनि यस्ता अभ्यास तत्काल लागू गर्ने योजना अघि सारिएको छ । अध्यक्ष जरेजुले बैंकहरू केवल आर्थिक कारोबार गर्ने संस्था मात्र नभई सामाजिक दायित्व पनि बहन गर्ने निकाय भएको उल्लेख गर्दै जेष्ठ नागरिकमैत्री सेवा प्रणालीलाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता जनाए ।

विमोचित आचारसंहितामा जेष्ठ नागरिकहरूप्रति समाज, परिवार, स्थानीय निकाय र राज्यको जिम्मेवारी र भूमिकाबारे स्पष्ट व्यवस्था गरिएको छ। सरोकारवालाहरूले पालना गर्नुपर्ने मूल्य र मान्यताहरू उल्लेख गरिएको यो आचारसंहिता नगरपालिकाभित्रका सबै वडामा कार्यान्वयन गरिने जनाइएको छ ।

कार्यक्रममा सहभागिहरुले जेष्ठ नागरिकमाथि हुने उपेक्षा, हिंसा तथा विभेदको अन्त्य गर्न सामाजिक चेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका थिए । बुधबार नगरपालिकाले आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरू, जनप्रतिनिधि, नागरिक समाजका अगुवा, जेष्ठ नागरिक प्रतिनिधि तथा संघसंस्थाका प्रतिनिध

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID