साहित्यकार तथा लेखक भगवान यादवलाई लुम्बिनी प्रदेशको प्रादेशिक प्रतिभा पुरस्कार २०८१ द्वारा सम्मान

भाषा, साहित्य र संस्कृतिमा उल्लेखनीय योगदानको कदर

गणतन्त्र नेपाल समाचारदाता

काठमाडौं, असार १८ । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सिंहदरबार काठमाडौंको “राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार कार्यविधि, २०७४” बमोजिम लुम्बिनी प्रदेशको भाषा तथा साहित्य क्षेत्रतर्फ यस वर्षको प्रादेशिक प्रतिभा पुरस्कार २०८१ बाट गढवा गाउँपालिका–६, प्रनाहा निवासी साहित्यकार भगवान यादव सम्मानित हुने भएका छन्।

माननीय मन्त्रीस्तरको निर्णयबाट भएको यस सम्मानले भाषा, साहित्य तथा सांस्कृतिक क्षेत्रमा सक्रिय वृत्तलाई गौरवको अनुभूति गराएको छ।

अवधि भाषाको संरक्षण, सम्वर्द्धन र शैक्षिक विकासमा निरन्तर क्रियाशील यादवले अवधि शब्दकोश, पाठ्यक्रम र भाषा तथा व्याकरण लेखनमा उल्लेखनीय योगदान पुर्‍याएका छन्। साथै, उहाँद्वारा लिखित सामाजिक उपन्यास ‘अवधराम’ ले अवधि साहित्यमा विशेष पहिचान बनाएको छ।

यिनै साहित्यिक उपलब्धिहरूसँगै यादव गीत लेखन, अभिनय तथा संस्कृति अभिव्यक्तिका अन्य माध्यमहरूमा पनि सक्रिय रहँदै आउनु भएको छ।

अवधि भाषाप्रति उहाँको समर्पण, मिहिनेत र सिर्जनशीलताले यो सम्मानको माध्यमबाट औपचारिक मूल्याङ्कन पाउनु गौरवको विषय भएको छ।

भाषा, कला र साहित्यको माध्यमबाट समाज र संस्कृति समृद्ध गर्ने प्रयत्नमा जुटेका यादवजस्ता स्रष्टाहरूको सम्मानले भावी पुस्तालाई पनि आफ्नो मातृभाषा र मौलिक पहिचानप्रति प्रेरित गर्ने अपेक्षा गरिएको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID