मावि पचहियामा लागूपदार्थ, बालविवाह र सामाजिक सञ्जालबारे सचेतना कार्यक्रम सम्पन्न

आलोक भावुक 

गढवा,१८ असार। लागू औषध दुरुपयोग एवं ओसारपोसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा अभिभावक र विद्यार्थीसँग बालविवाह न्यूनीकरण लागू पदार्थ दुर्वेसन र सामाजिक सञ्जालको सुरक्षित प्रयोग सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

गढवा गाउँपालिका वडा नम्बर ३ पचहिया स्थित माध्यमिक विद्यालय पचहियामा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीले युवापुस्ता अनेकन सामाजिक चुनौतीको सामना गरिरहेको बताउँदै बालविवाह, लागूपदार्थको दुर्व्यसन तथा सामाजिक सञ्जालको दुरुपयोगबाट उनीहरूलाई जोगाउन अभिभावक, शिक्षक र स्थानीय सरकारको भूमिकालाई अझ सक्रिय बनाउनुपर्ने आवश्यक रहेको बताउनु भयो। उहाँले बालबालिकालाई उमेरअनुसारको शिक्षा, परामर्श र सकारात्मक वातावरण उपलब्ध गराउने हो भने उनीहरू स्वतः सही बाटोमा हिँड्ने विश्वास व्यक्त गर्नुभयो। साथै, महिलाहरू र आमाबाबुको भूमिका यस्ता नकारात्मक अभ्यास रोक्न अत्यन्तै महत्वपूर्ण हुने भन्दै उहाँले समुदायस्तरमै सचेतना अभिवृद्धि गरिने कार्यक्रमहरूलाई प्राथमिकतामा राखिने जानकारी दिनुभयो।

गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा माध्यमिक विद्यालय पचहियामा अध्ययनरत छात्रछात्राहरू र अभिभावक सहितसँग बालविवाह न्यूनीकरण लागु पदार्थ दुर्व्यसन,सामाजिक सञ्जालको सुरक्षित प्रयोग लगायत विभिन्न विषयवस्तुको बारेमा सहजीकरण गरिएको थियो ।

प्रशिक्षकमा इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबल बहादुर बम र लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आउनु भएका बालमैत्री स्थानीय शासन बिज्ञ बिकिरण गौतमले रहनुभएको थियो।

इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख प्रहरी निरीक्षक डबल बहादुर बमले अभिभावक तथा विद्यार्थीहरूसँग लागू औषध र दुरुपयोग एवं ओसारपसार विरुद्ध संग सम्बन्धित प्रचलित कानुन सजाय र बच्ने उपायहरु लगायतको बारेमा छलफलको माध्यमबाट जानकारी दिनुभएको थियो।

त्यसैगरी कार्यक्रममा लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आउनु भएका बालमैत्री स्थानीय शासन बिज्ञ बिकिरण गौतमले बालविवाह न्यूनीकरण लागू पदार्थ सामाजिक सञ्जालको सुरक्षित प्रयोगको बारेमा जानकारी दिनुभएको थियो। साथै सचेतनामूलक कार्यक्रममा सहभागीहरूको तर्फबाट उठेका प्रश्नहरूको जवाफ समेत दिनुभएको थियो।

कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य आशाराम चौधरीको अध्यक्षता तथा गडवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।, कार्यक्रममा वडा सदस्यहरु ओम प्रकाश चौधरी राधेश्याम थारु कुमाल, विद्यालयका प्रधानाध्यापक योग नारायण चौधरी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी, अभिभावक र बिद्यार्थीहरुको सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले गर्नुभएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID