जनता मावि गढवामा एन.सि.सि जुनियर डिभिजन संस्थागत तालिम सुरु

आलोक भावुक

गढवा, ९ असार। गढवा गाउँपालिका–७ स्थित जनता माध्यमिक विद्यालयमा आजबाट राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालयको आयोजनामा सशस्त्र सेवा कोर्स (सि.सं. ५१) अन्तर्गत जुनियर डिभिजन संस्थागत एनसिसि तालिम सुरु भएको छ।
जनता माध्यमिक विद्यालय गढवाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमालको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा एनसीसी तालिमको शुभारम्भ भएको हो ।

तालिमको उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले एनसीसी तालिम गढवा गाउँपालिकामा सञ्चालन गर्नका लागि अथक प्रयास गरेको बताउनुभयो। गत वर्ष गढवा गाउँपालिका वडा नम्बर ३ स्थित सरस्वती माध्यमिक विद्यालय विद्यानगर गोबरडियामा कार्यक्रम सम्पन्न भइसकेको र यस वर्ष जनता माध्यमिक विद्यालय गढवामा सुरु गर्न पाउँदा आफू हर्षित भएको बताउनुभयो । तालिम पश्चात् विद्यार्थीहरूमा नेतृत्व क्षमताको विकास, अनुशासन, सहयोगको भावनाको विकास र राष्ट्रपतिको जिम्मेवारी बोध गर्ने नागरिकको रुपमा दक्ष रूपमा तयार हुने बताउनुभयो। तालिमले विद्यार्थीहरूको व्यक्तित्व विकासमा उल्लेखनीय सुधार भएको बताउँदै पालिका अध्यक्ष पोखरेलले एनसिसी तालिमले अनुशा सनलाई बढी महत्व दिएको बताउनुभयो।

त्यसैगरी कार्यक्रममा बोल्दै ज्वालादल गणका सह सेनानी मदन कार्कीले तालिमको मुख्य उद्देश्य युवा पुस्तालाई अनुशासित वफादारिता इमान्दारिता र राष्ट्रप्रतिको भावना व्यक्तित्व बिकास गराउनुको साथै बिपदको समयमा स्वयं सेवकको भुमिका निर्वाह गर्ने रहेको बताउनु भयो । राष्ट्रिय सेवा दल एनसीसि तालिमको समय अवधि एक सय दिन रहेको जसमा ७९ दिन संस्थागत तालिम र २१ दिन वार्षिक सामूहिक क्याम्प सञ्चालन गर्ने तालिम रहेको जानकारी दिनुभयो। तालिम अवधिभर सहभागीहरूलाई सैद्धान्तिक तथा व्यवहारिक ज्ञान र सीप प्याक्टिकल रूपमा दिइने जानकारी दिनुभयो । तालिम सम्पन्न पश्चात् उच्च स्तरको ज्ञान हासिल गरी कुशल अनुशासित इमान्दार र योग्य छात्रछात्रा हुने कुरामा आफू आशावादी रहेको बताउनुभयो।।

कार्यक्रममा बोल्दै जनता माध्यमिक विद्यालय गढवाका विद्यालय
व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमारले कार्यक्रम दौरान‌ आईपर्ने चुनौतीहरुको सामना गर्दै अघि बढ्न सहभागी विद्यार्थीहरूलाई सुझाव दिनु भयो। जनता माध्यमिक विद्यालय गढवामा राष्ट्रिय सेवा दलमा छनौट भएका बिद्यार्थी हरुलाई सफल्ताको शुभकामना समेत दिनु भयो ।टिमले समग्र गढवाको पहिचानलाई राष्ट्र सामु चिनाउन सफल होस भनि शुभकामना दिनु भयो ।

विद्यालयमा सञ्चालन हुने यो तालिम २०८२ असार ९ गतेदेखि सुरु भई कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ। तालिमको पहिलो दिन ‘प्रथम प्रवचन’ कार्यक्रम सम्पन्न गरिएको हो।

तालीमको उद्देश्य विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता, राष्ट्रिय भावना र सामाजिक उत्तरदायित्वको विकास गर्नु रहेको छ। तालिममा विद्यालयका विभिन्न कक्षाका गरी ३० जना विद्यार्थीहरूको सहभागिता रहेको छ।

कार्यक्रममा जनता माध्यमिक विद्यालय गढवाका शिक्षक अभिभावक सङ्घका अध्यक्ष जगतराम यादव, गढ‌‌वा स्वास्थ्य चौकीकी डाक्टर लेनिना न्यौपाने, गढवा स्वास्थ्य चौकीका प्रमुख सूर्यनारायण यादव लगायत अन्य शिक्षक , विद्यार्थी ,तालिम अधिकृतहरू तथा स्थानीय सरोकारवालाहरूको उपस्थितिमा तालिम सुरु गरिएको हो। तालिम अवधिभर विभिन्न सैद्धान्तिक तथा व्यावहारिक सत्रहरू सञ्चालन हुने जनाइएको छ।

विद्यालयका प्रधानाध्यापक राम सुरत यादवको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक उपेन्द्र चालिसेले गर्नुभएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID