
जीवन शैलीलगायत त्यसले असर पारेका मनोबिज्ञानका पाटाहरुलाई समेत लेखकले उजिल्याउने र बिबेचना गर्ने प्रयास गरेका छन् ।
उपन्यासमा वैदेशिक रोजगारकै कारण पछिल्लो समयमा राजनीति अनि नेताहरुलाई समाज र सामाजिक सञ्जालमा गालि संस्कृतिको विकास भैरहेकाले राज्यले छिटो भन्दा छिटो स्वदेशमै रोजगारीको वातावरण सिर्जना गर्नुपर्ने, विदेश गएकाहरुलाई पनि क्रमशः विभिन्न उपाएको खोजी गरेर फर्काउने काममा लाग्नुपर्ने जस्ता वहुआयामिक सोँचहरु उपन्यासमा अगाडी सारिएको छ ।
त्यसैगरी उपन्यासमा लेखकले बिनयका बा–छोरा बीचको संबाद मार्फत राजनीति गर्ने नेताहरु कुनै इलम, उद्योग, पेशा ब्यबसाय र आय आर्जनका बाटा नसमाति खाली पेशेवर राजनीतिको नाममा अपारदर्शी र लोफर जीवन शैली बिताउँदाको परिणामनै राजनीति र सम्बन्धित नेतृत्वप्रति सम्मान र आदरको नाममा आज निरासा घृणा र अनादरको अबस्था सिर्जना भएकोले राजनीतिलाई देश बनाउने माध्यम बनाउनुपर्ने, हरेक पार्टी सम्बद्ध नेता तथा कार्यकर्ता कुनै पद, अवसर वा लाभको खातिर पार्टी नेतृत्वको चाकरी र ताबेदारीमा फस्नु भन्दा निस्वार्थ सेवा भाव, कुनै न कुनै पेशा, इलम, आय आर्जनमा जोडिई तदानुसार स्वच्छ, पारदर्शी आचरण व्यबहार प्रस्तुत गर्नुपर्ने राय प्रकट गरेका छन् ।
त्यसैगरी उपन्यासमा लेखकले नेपाली कांग्रेसका नेता खुमबहादुर खडका र बालकृष्ण खाण, नेकपा एमालेका टोप बहादुर रायमाझी, माओवादी केन्द्रका कृष्ण बहादुर महरा लगायतका नेताहरू विभिन्न आरोपमा जेल पर्दा त्यस पार्टी सम्बद्ध नेता कार्यकर्ता र शुभेच्छुकहरुले आफ्ना नेता विरुद्ध साजीस र षड्यन्त्र भन्दै बिरोधका स्वर नउरालेको तर आफूलाई फरक र नयाँ किसिमको पार्टी दाबी गर्ने रास्वपाको सभापति रबि लामिछाने सहकारी प्रकरणमा जेल पर्दा त्यस पार्टीको सिंगो टोली सदनदेखि सडक तताई अराजकता पर्दर्शन गर्न तम्सिनु आश्चर्यको बात रहेको, अदालती र कानुनी प्रक्रियाको निर्णयलाई सरकारको नियतसंग जोड्दै बिरोधममा उत्रिनु युक्तिसंगत नभएको दलिल पेश गरेका छन् ।
यसरी उपन्यासमा अभिव्यक्त पात्रहरू बिनय र सानू होस् वा घर परिवारका अन्य सदस्य बीच भएको गन्थन र संवादमा देशको जल्दाबल्दा समस्या, राजनीतिका उतारचढाव, वैदेशिक रोजगारले सिर्जना गरेका कारणहरु, समाधानका उपायहरू, पारिवारिक मेल र बेमेलका मनोवृत्तिहरुको बेलिबिस्तार सुनिरहेका पाठक उनीहरुको संबाद सुन्न छाडेर अन्यत्र ध्यान मोड्दैनने । पात्रहरूको माध्यमबाट गाउँ घर समाज र देशको अबस्थालाई चित्रित गर्न, सामाजिक सरोकारका ज्वलन्त मुद्दा उधिनि आफ्ना कुराहरू ती मार्फत अभिव्यक्त गराइ पाठकलाई प्रभावित पार्न सक्ने लेखकिय खुबीनै उपन्यासकार सबिनजीको सबल पक्ष हो ।
यद्यपी बिचारधारात्मक हिसाबले लेखक एक द्वन्द्वात्मक भौतिकवादी जीबन दर्शन, प्रगतिशील चेत र माक्र्सवादी दार्शनिक समझको भएको कारण र यो पंक्तिकार लेखकको एक गम्भीर स्रोता तथा शुभेच्छुकको नाताले पनि सुझाएं कि – सबिनजीले आफ्ना कथाबस्तुको पेटबोली र पात्रहरूको भूमिकामा सोही अनुसार भावभूमि जाहेर गरि दैब, भगवान, भाग्यको खेल, लिला जस्ता वाक्य छनौट नगरी संयोग, परिस्थितिको भुमिरीमा जाकिदा, धकेलिदा वा चेपुवामा पर्दा जस्ता शब्द छनौट गरि भुइँ तहका, आम, गरिब किसान र मिहिनेती जनताले भोगेको कह, संघर्ष र सपनाहरूलाई पनि समेट्ने जांगर देखाएमा लेखकले सिर्जिएका खजानाले अझै बौद्धिक र ओजपूर्ण महत्व राख्ने थियो कि ?
अन्त्यमा, उपन्यास सलल बगेको छ । त्यहाँ भारिभरकम शब्द जागरणका कुरा अटेसमटेस छैनन् । सामाजिक यथार्थताइ प्रतिबिम्बित हुने गरी लेखिएको यो उपन्यास पठनीय र संग्र्रहनीय रहेकोमा कुनै शंका छैन । अधिकांश उपन्यास मायाप्रेममा लिप्त हुन्छन् । कडी उपन्यास प्रेमको प्रतिमूर्ती त बनेकै छ, यस बाहेक घरपरिवार, समाज अनि देशप्रति पनि समर्पित छ । समृद्धि र विकासको अगुवाई कडी उपन्यासले गरेको छ । यसका लागि उपन्यासकार सविन प्रियासनलार्य बधाई अनि धन्यवाद ।
तुलसीपुर–६ गाइडहर, दाङ




