
गढवा, ७ असार । गढवा गाउँपालिका वडा नं. १ मलमलामा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सञ्चालन गरिने योजना तथा कार्यक्रमहरूको संकलन तथा छनोटका लागि अन्तरक्रिया कार्यक्रम तथा वडा मेला सम्पन्न भएको छ।
गढवा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बाबुराम अधिकारीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख अतिथि तथा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीको बिशिष्ट आतिथ्यमा सम्पन्न भएको हो।
वडाको पहिलो प्राथमिकतामा पर्ने योजनाहरूको छनोट गरी पालिकामा पठाए त्यही अनुसार संघ र प्रदेशमा पठाउने र त्यहाँ छुटेका योजनाहरु पालिकाले पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न सहज हुने बताउनुभयो। कार्यक्रममा उठेका सवालहरू वडा नम्बर १ लाई गडवा गाउँपालिकाले कुनै पनि क्षेत्रमा गलत नजरले नहेरेको भन्दै समान वडाको रुपमा हेर्दै सबै वडालाई समान दृष्टिकोणले बजेट विनियोजन गर्दै आएको बताउनुभयो। नदीजन्यको हकमा जवाफ दिँदै पालिका अध्यक्ष पोखरेलले कानुन विपरीत कार्य नगरेको भन्दै गाउँपालिकाको प्रमुख स्रोतको रूपमा रहेको नदीजन्य पदार्थ बिक्री वितरण कानुन प्रक्रिया अन्तर्गत रहेर गरेर त्यही अनुरुप विकासका कार्य अगाडि बढाउने बताउनुभयो।
त्यसैगरी कार्यक्रममा बोल्दै विशिष्ट अतिथि तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीले वडा नम्बर १ को भौगोलिक अवस्था ठूलो रहेता पनि बस्ती छितारिएर रहेकाले सीमित स्रोत साधनले सबै टोल बस्तीमा समान रुपले विकास नहुन सक्नु गम्भीर विषय भएतापनि पालिकाले केही गर्न नसक्ने बताउनुभयो। पालिकाको स्रोत अनुसार गढवा गाउँपालिका वडा नम्बर १ लाई समान दृष्टिले बजेट विनियोजन गर्दै आएको बताउँदै उपाध्यक्ष चौधरीले आवश्यकता अनुसार पहिलो प्राथमिकतामा रहेका योजनाहरू छनोट गरेर पालिकामा पठाए त्यही अनुसार पालिकाले बजेट विनियोजन गर्ने आश्वासन समेत दिनुभयो। गाउँपालिकाको स्रोत र साधन पुगेसम्म सबै वडालाई समान दृष्टिकोणले बजेट विनियोजन गरी विकासको पथमा अगाडि बढेको बताउनुभयो।
कार्यक्रममा बोल्दै कार्यक्रमका सभाध्यक्ष तथा वडा नम्बर १ का वडाध्यक्ष बाबुराम अधिकारीले गढवा गाउँपालिका वडा नम्बर १ को समग्र विकासका लागि आफू निरन्तर लागिरहेको बताउनुभयो । वडा नम्बर १ को टहरा धोद्रे लगायतको केही बस्तीमा आजसम्म एक दुईपटक भन्दा बढी बजेट विनियोजन हुन नसकेको बताउँदै वडाध्यक्ष अधिकारीले आउन दिनहरूमा सामुदायिक वनहरूसँग समेत सहकार्य गरेर विकासको गतिलाई अगाडि बढाउने बताउनुभयो। पालिकाबाट विनोजन हुने बजेटमा वडा नम्बर १ ले अधिकांश इन्डिकेटर हरूमा उत्कृष्ट नम्बर ल्याए पनि गत आर्थिक वर्षका योजनाहरू समयमै सम्पन्न नभएका कारण केही अङ्क कम भएको कारण केही बजेट कम भएको बताउनुभयो। गत आर्थिक वर्षमा बजेट विनियोजन गरेका टोलमा कार्यसम्पन्न नभएर बजेट फ्रिज हुने अवस्थामा पुगेका गाउँमा यसपटक बजेट विनियोजन नहुने समेत स्पष्ट पार्नुभयो। समयमा समिति गठन गरेर समेत कार्यसम्पादन नगर्ने काम सम्पन्न नगर्ने टोल संस्था समितिलाई यस आर्थिक वर्षमा बजेट विनियोजन गर्न नसकिने स्पष्ट पार्नुभयो। ठेक्का सम्झौता भएका योजनाहरू ठेकेदारको लापरवाहीका कारण सम्पन्न नभएको बताउँदै वडा अध्यक्ष अधिकारीले त्यस्ता ठेकेदारलाई कारबाहीको लागि पालिकालाई अनुरोध गरेको र कारबाही गरिने बताउनुभयो। गढवा गाउँपालिकाको केन्द्रबिन्दुको रूपमा रहेको गडुवा बजारमा mbs सहितको स्वास्थ्य सेवा चौबिसै घण्टा सुचारु भएतापनि वडा नं १ मा रहेको गोबडिया स्वास्थ्य चौकीबाट एमबिबिएस सहितको सेवा सुचारु गर्नका लागि पालिकालाई अनुरोध गरेको र सेवा सुरुवात हुने बताउनुभयो। कालाकाटे आधारभूत स्वास्थ्य इकाइमा ल्याबका सामग्री भएतापनि दक्ष जनशक्ति नहुँदा ल्याबको कार्य अगाडि बढाउन नसकेको भन्दै त्यसतर्फ पालिकालाई ध्यान दिन अनुरोध समेत।
कार्यक्रममा सहभागीहरूले आगामी वर्षमा प्राथमिकता दिनुपर्ने योजनाहरू प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक विस्तार, युवामैत्री कार्यक्रम, रोजगारी सिर्जनाजस्ता विषयमा प्रस्ताव तथा सुझावहरू राखेका थिए। संघ, प्रदेश ,पालिका र वडाबाट गढवा १ का विभिन्न टोललाई समान रुपमा बजेट विनियोजन गरी समान रुपमा विकास गर्न सुझाव दिनुभएको थियो।कार्यक्रममा बोल्दै स्थानीय बिष्णुमाया घिमिरेले गाउँपालिका र वडाले महिलाहरुलाई व्यवसाय तर्फ जोड्न पापड,सिन्कामारी,गोल्डी आचार जस्ता व्यवसायलाई प्रथामिकतामा राखेर व्यवसायीक उत्पादनमा जोडदिनु सुझाव दिनु भयो । त्यसैगरी कार्यक्रममा बोल्दै राजितराम यादव
पहिलेका दिनमा फोन मार्फत योजना छनौट प्रक्रियालाई चिर्दै अन्तरक्रिया छलफल मार्फत योजना छनौट प्रभावकारी हुने बताउनु भयो । स्थानीय तहबाट वडा नम्बर १ लाई बिशेष प्रथामिकतामा राखेर शिक्षा,बाटोघाट र एतिहासिक धार्मिक पर्यटकीय स्थलहरूका लागि बजेट बिनियोजन गर्नुपर्ने सुझाव दिनु भयो । त्यसैगरी भरत अधिकारीले निर्माणमा खर्च बजेट सदुपयोग बिहिन भएको बताउनुभयो। स्थानीय र वडाले प्रतिक्षालय निर्माणमा बजेट बिनियोजन गरेर दुरुपयोग भएको बताउनुभयो।पुराना बाटाहरु यथावत भएको बताउदै ब्यक्तिगत बाटाहरुलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको भन्दै प्रश्न राख्नु भयो । गाउघरको एतिहासिक कुवा/ईनारलाई स्थानीय सरकारले संरक्षण गर्न सुझाव दिनु भयो । १ वडामा विद्यालय छ तर बिद्यालयाउने विद्यार्थी संख्या घट्दै जानु चिन्ताको बिषय भएकोले त्यसतर्फ चिन्तनमनन गर्न सुझाव दिनु भयो । त्यसैगरी धर्मराज पोख्रेलले गढवा-१ लाई कर्णाली प्रदेश जस्तै भएको आभास भएको बताउनु भयो । वडामा हुने काम स्थानीयको सहकार्य समन्वयमा योजनाको काम गर्नु पर्ने बताउनु भयो । लुम्बिनी प्रदेशको प्रदेशको प्रदेशद्वारको रुपमा नाममा मात्र भएकोले नमूना काम गर्न सुझाव दिदै आन्तरिक तथा बाह्य पर्यटक लोभ्याउने भौतिक संरचना साथै अन्य क्षेत्रमा लगानी किन नगरेको भन्दै प्रश्न गर्नु भयो । दिनिनुदिन पानीको लेवल घट्दै गएको पानीका मुहान सुक्दै ग्एको तर पनि नदिजन्य पदार्थलाई उत्खनन किन गरेको प्रश्न गर्नु भयो । जनता मावि कालाकाटेमा स्टाफरुमको व्यवस्थापन गर्न अनुरोध गर्नु भयो । प्रोजेक्टरको माध्याम बाट पठनपाठन सुचारु गर्न सुझाव दिए । बिद्यालयहरुमा बिद्यालय व्यवस्थापन) सञ्चालन बजेट एकमुष्ट बिनियोजन गरे सहज हुने बताउनु भयो ।
गोबरडिहा स्वास्थ्य चौकीमा एम बिबिएस डाक्टर र पर्खाल निर्माणका लागि बजेट बिनियोजन गर्न,धानखोला शक्तिपिठको संरक्षणमा स्थानीय सरकारले अपनत्व लिएर संरक्षण गर्न सुझाव, टहरा बासीलाई सिमेन्ट उद्योगको प्रदुषणले पिडित भएको स्थानीयहरुले बताए। स्थानीय सरकारलाई पटक पटक अनुरोध गर्दा समेत प्रदुषण नियन्त्रण हुन नसक्नु दुर्भाग्यपूर्ण भएको बताउदै स्थानीयहरीले न त रोजगार दिन्छ नत प्रदुषण नियन्त्रण हुन्छ ? गढवा गाउँपालिका बाट बाख्रा पालनमा पाएको सहयोग पनि खेरा जाने भएको बताउदै बाख्रा र घास धुलाम्मे हुने गरेको बताउनु भयो। वडा नं.१ मा नदिजन्य पदार्थ ढुंगा मात्रै बेचेर वडाको बिकास सम्भव भएको बताउनुभयो। टहरा धोद्रो र दमारगाउमा क्रसर उद्योगले शास्ती भोग्ने गरेको बताउनु भयो । पथ्थरी जस्ता समस्याले स्वास्थ्यमा दिर्घकालिन प्रभाव पारेकोले तत्काल प्रदुषण रोक्न कडा कदम चाल्न अनुरोध गर्नु भयो ।उपभोक्ता समिती राम्रो काम गर्न लाई नभ्ई पैसा कमाउने खेलमा लागेकोले त्यसतर्फ समिक्षा गर्न सुझाव दिए। अपाङ्गता भएकाहरुको लागि ज्ञानसिपको गर्नसक्ने हिसावको सिप दिएर जिविकोपार्जन गर्नसहज हुने भएकाले त्यसतरफ बजेट बिनियोजन गर्न अनुरोध गर्नु भयो। अपाङ्गता भएकाहरुलाई अपाङ्गता सम्बन्धी ज्ञान सिप र त्यस सम्बन्धी विविध पक्षमा तालिम दिनुको साधै आवश्यकता अनुसारको सामाग्री सहयोग गरे जिवनयापन सहज हुने थिए भन्नु भयो।
कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर १ बडहरा निवासी भीमबहादुर विश्वकर्माले मूर्ति निर्माणको क्षेत्रमा उत्कृष्ट मूर्तिकार भई नेपाल ललित प्रज्ञा प्रतिष्ठान काठमाडौँबाट सम्मानित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दै मूर्तिकार भई विभिन्न क्षेत्रमा पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै नगद सम्मान समेत गरेको छ।
गढवा गाउँपालिका वडा नं. १ वडा कार्यालयको आयोजनामा आयोजित उक्त कार्यक्रममा जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, बुद्धिजीवी, युवा, महिलाहरू, सामाजिक संघ–संस्थाका प्रतिनिधिहरू, किसान, शिक्षक तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका वडा नम्बर १ का वडा सचिव मधुसुदन पौडेलले गर्नुभएको थियो।





