‘वर्तमान विश्व’ – कविता

गणतन्त्र नेपाल समाचारदाता

विश्व भूमण्डलीकरणको प्रभाव

सिङ्गो विश्व एक घर

तर मानवीय सम्बन्ध दूर

अनि बन्द

कोठाभित्रबाट

विश्वका एकएक

सारा परिदृश्य देख्न सकिन्छ

ज्ञानगुन बाँडिएको छ

मानवता बाँड्न बाँकी छ

यान्त्रिक बनिरहेछ जीवन

आवश्यकता असीमित

रोदन

र क्रन्दनले

अन्धकारमा पीडा सुसेल्छन्

कहिले

द्वन्द्व

कहिले

शान्तिको बिगुल

कहिले भने

हत्याहिंसा

बलात्कारको

ताण्डव नृत्य नाच्दै

वर्तमान विश्व चलिरहेछ

युद्धमा घाइते भई

मृत्यु शैय्यामा छट्पटाउँछ मान्छे

मानवताको खोजी गर्छ

हरेक बस्तीहरूमा

गाउँ

अनि सहरहरूमा

दया

माया

करूणा

सहानुभूति

सहयोग

शान्ति

सद्भाव खोजिरहेछन्

मानवीय आत्माहरू

यो सुरम्य धरणीमा

सुख

शान्ति

समृद्धि

र सुशासनका चाहनाहरू

जनजनमा छताछुल्ल हुँदा

भ्रष्टाचारको कालो धब्बा

मेरो वर्तमानमा मडारिइरहेछ

मेरो देशमा

तर अब विकास संवृद्धि

र सुशासनले

खुसीले मेरो

देश मुस्कुराओस्

विश्वमा मानवता रहिरहोस्

आध्यात्मिक चिन्तनको

विकास हुँदै जाओस्

भौतिकता

र जडता

क्रमश: दूर हुँदै जाओस्

मानवता ठिङ्ङ उभियोस्

वर्तमान विश्व !!

 

  • तेजप्रसाद खनाल(भावुक)लमही,दाङ।
Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID