गढवा-५ बाकीमा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धि समुदाय स्तरमा गहन अभिमुखीकरण

आलोक भावुक

गढवा,३ असार । दाङ देउखुरीको गढवा गाउँपालिकाले सुरक्षित वैदेशिक रोजगारी सम्बन्धि समुदाय स्तरमा गहन अभिमुखीकरण सुरु गरेको छ।

गढवा गाउँपालिकाको आयोजनामा वडा नम्वर एकदेखि ६ वडा सम्म सुरक्षित वैदेशिक रोजगारी सम्बन्धि समुदाय स्तरमा गहन अभिमुखीकरण कार्यक्रम हुने गढवा गाउँपालिका मनोसामाजिक परामर्शकर्ता बलदेव ज्ञवालीले जानकारी दिनुभयो।

गढवा गाउँपालिका वडा नम्वर ५ का वडाध्यक्ष लेख बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै सभाध्यक्ष थापाले श्रम स्वीकृति बिना बैदेशिक रोजगारमा जानु गलत भएको बताउनुभयो। श्रम र सामाजिक सुरक्षा कोषले बैदेशिक रोजगारदाताको चौतर्फी सुरक्षा हुने बताउदै श्रमबिना बैदेशिक रोजगारीमा जान नहुने बताउनु भयो।

पछील्लो समयमा मानसिक रोगीहरुको संख्या बढ्दै जानु चिन्ताको बिषय भएको बताउदै वडाध्यक्ष थापाले यसका लागि गढवा गाउँपालिकाले मनोसामाजिक परामर्शकर्ता नियुक्त गरी परामर्शको कार्य सुरु गरेको बताउनु भयो । समाजमा दिनानुदिन आत्महत्याको घटना घट्नु चिन्ताको बिषय भएकोले पालिका र वडा यसको बारेमा समुदाय स्तरमा गहन अभिमुखीकरण कार्यक्रम गर्ने योजना बनाई सुरु गरको समेत जानकारी दिनुभयो।

गढवा गाउँपालिकाको आयोजनामा स्वदेशमा नै रोजगारी गरौ, बैदेशिक रोजगारीमा जाने नै भए सहि सूचना लिएर र सिप सिकेर मात्र जाऔं भन्ने मुल नाराका साथ गढवा गाउँपालिकाले समुदाय स्तरमा गहन अभिमुखीकरण कार्यक्रम संचालन गरेको छ।

अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रममा ईलाका प्रशासन कार्यालय लमहीका अप्राबासी स्रोत केन्द्रका रोजगार परामर्शकर्ता केशव कुमार डागी,लमही नगरपालिकाको मनोसामाजिक परामर्शकर्ता निमा भट्टराईले विभिन्न देशमा बैदेशीक राेजगारकाे अवस्था, एजेन्टबाट ठगीएका नेपालीको सख्या, समस्या समाधानका वारे वैदेशिक जानकारी, बिमा, सामाजिक सुरक्षा कोषको बारेमा बृहत् जानकारी लगायतको बारेमा चर्चा गरी सहभागीहरु लाई जानकारी दिनु भएको थियो।

आप्रवासी स्रोत केन्द्रको सेवाग्रहीको विवरण ,श्रम स्वीकृत लिएका व्यक्ती विवरण , वैदेशिक रोजगारलाई सुरक्षित एवम् व्यवस्थित बनाउने, बैदेशिक रोजगार लाई प्रभाव पार्ने मुख्य तत्वहरु, श्रम स्वीकृती लिनेको बिबरण, वैदेशिक रोजगारको परिवेश, सामी कार्यक्रमको मुख्य सेवाहरु, श्रम स्वीकृती गर्नुको फाईदा बेफाईदा, लगाएतको बारेमा बृहतरुपमा छलफल गरी जानकारी गराउनु भएको थियो।

गढवा गाउँपालिका सुरक्षित वैदेशिक रोजगारी सम्बन्धि समुदाय स्तरमा गहन अभिमुखीकरण कार्यक्रममा वडा सदस्यहरु पल्टुराम यादव,निर्मला परियार,खिमा डांगी ,नरेश चौधरी निवर्तमान वडा सदस्य गोबिन्द बहादुर वली, बैदेशिक रोजगारीबाट फर्केका युवा, स्थानीय लगाएतको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका मनोसामाजिक परामर्शकर्ता बलदेव ज्ञवालीले गर्नु भएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID