
दाङ,२ असार । साहित्यमा उपन्यास बिधा कठिन तर प्रभावकारी मानिन्छ । उपन्यासलाई आधार बनाएर विश्वका विभिन्न मुलुकमा चर्चित चलचित्रहरु पनि बनेका छन् । नेपालमा उपन्यास लेख्ने अनि प्रकाशित गर्नेहरु थोरै छन् ।
हालसम्म नेपालमा बिराटनगर निवासी चर्चित उपन्यासकार ध्रुबचन्द्र गौतमले २८ वटा उपन्यास प्रकाशन गर्नु भएको छ । विक्रमसम्बत २००० सालमा जन्मनु भएका ८२ वर्षिय गौतमले आफ्नो लामो जीवनकालमा यति धेरै उपन्यास निकाल्नु भएको हो । गौतमपछि नेपालमै धेरै उपन्यास प्रकाशन गर्नेको पंक्तिमा आउनु हुन्छ, दाङ घोराही निवासी उपन्यासकार सविन प्रियासन । उहाँले ११ वटा उपन्यास प्रकाशन गर्नु भएको छ । केही दिन अगाडी उहाँले कडी उपन्यास प्रकाशन गर्नु भएको हो । उपन्यास किंग उपनाम समेत पाउनु भएका प्रियासनलाई धेरै पटक यसै उपमा दिएर साहित्यिक संघसंस्थाहरुले विशेष सम्मान पनि गरेका छन् । प्रियासनले छिटै नै थप दुईवटा उपन्यास बजारमा आउने जानकारी दिनु भएको छ ।
प्रियासन जस्तै चर्चित साहित्यकार पारिजातले हालसम्म १० वटा उपन्यास प्रकाशन गर्नु भएको छ । दार्जिलिङ निवासी भएपनि काठमाडौंलाई कर्म थलो बनाउनु भएकी पारिजात उपन्यास लेखनमा लामो समयदेखि सक्रिय हुनुहुन्छ । यसैगरी झापा निवासी कृष्णधाराबासीले हालसम्म ९ वटा उपन्यास प्रकाशन गर्नु भएको छ ।
उपन्यास लेखन कार्यमा साहित्यकारहरुको कम दखल हुनुमा उपन्यास लेख्न, विषय बस्तु, पात्र छनौट गर्न, परिवेश मिलाउन अनि कथा, पटकथाहरुको उत्कृष्ट समायोजन गर्न कठिन हुने भएकाले दिग्गज साहित्यकारहरु पनि उपन्यास लेखनबाट टाढै रहेको देख्न सकिन्छ ।




