१५औं राष्ट्रपति रनिङशिल्डमा पदक हासिल गर्ने खेलाडीहरुलाई सम्मान

आलोक भावुक

गढवा,२ असार। दाङ देउखुरीको गढवा गाउँपालिकाले १५औं राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा पदक हांसिल गर्ने खेलाडीहरूलाई आइतबार सम्मान गरेको छ।

गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा १५औ जिल्ला स्तरीय राष्ट्रपति राष्ट्रपति रनिङशील प्रतियोगितामा गढवा गाउँपालिकाबाट सहभागी ७० जनाको टिम मध्यबाट १७ जना खेलाडीहरूले विभिन्न पदक गरी १७ वटा पदक हासिल गरेका थिए।

पदक हासिल गर्ने खेलाडीहरूलाई गढवा गाउँपालिकाले आइतबार एक कार्यक्रमको बीच सम्मान पत्रसहित र नगद गरी सम्मान गरेको गढवा गाउँपालिका शिक्षा शाखा प्रमुख श्याम बहादुर बिकले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यामनारायण शर्मा पोख्रेलले विद्यार्थी भाइबहिनीहरूले पढाइसँगै खेललाई पनि पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने बताउनुभयो। खेल क्षेत्रको विकाससँगै व्यक्तित्व विकास र समग्र देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन खेलको महत्वपूर्ण भूमिका रहने बताउँदै पालिका अध्यक्ष पोखरेलले खेलाडीको क्षेत्रमा पालिकाले लगानी गर्न कुनै कन्जुसाई नगर्ने बताउनुभयो। पढाइसँगै आफ्नो लगाव रहेको खेलप्रति पनि उत्तिकै चासो र मेहनत गर्नुपर्ने पालिका अध्यक्ष पोखरेलले बताउनुभयो। गढवा गाउँपालिकाका खेलाडी १५औं राष्ट्रपति रनिङशील प्रतियोगितामा सहभागी हुँदा समग्र गढवा गाउँपालिकाको मान प्रतिष्ठा जोडिएको हुनाले गढवा गाउँपालिकाका खेलाडीहरुले अनुशासनमा रही खेल खेलिएको प्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

पन्ध्रौँ जिल्लास्तरीय राष्ट्रपतिक रनिङसिल्ड प्रतियोगितामा गठभा गाउँपालिकाबाट प्रशिक्षक गरी ७० जनाको टिम राष्ट्रपति रनिङशील खेलकुद प्रतियोगितामा सहभागी भएको थियो।

गतवर्ष स्वर्ण, रजत र कास्य गरी ११ पदक हात पार्न सफल भएको गढवा गाउँपालिकाले यस वर्ष १७ वटा पदक हासिल गरेको छ।

१५औं जिल्ला स्तरीय राष्ट्रपति रनिङशील प्रतियोगितामा गढवा गाउँपालिकाले दुई स्वर्ण ५ रजत र १० कास्य गरी कुल १७ पदक प्राप्त गरेको थियो।

गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष शारदाकुमारी चौधरी प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्याल, त्यसैगरी प्रशिक्षकहरूमा एथलेटिक्सतर्फ गुरुवचन चौधरी र मंगल प्रसाद चौधरी, भलिबल खेलमा बुद्धि प्रकाश चौधरी, कबड्डी खेलमा हनुमान यादव र विजय खनाल, तेकन्दो खेलमा बसन्ती चौधरी, दीपक खड्का, कराते खेलमा प्रमिला चौधरी रबिन थारु कुमाल त्यसैगरी जनमुखी मावि रङसिङका ज्ञानहरी रिजाल रहनुभएको थियो।

खेलाडीहरूलाई सम्मान कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका शिक्षा शाखा प्रमुख श्यामबहादुर बिकले गर्नुभएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID