
गढवा, २९ जेठ । गढवा गाउँपालिकाले गढवा गाउँपालिका क्षेत्रभित्रका विद्यार्थीहरूलाई कानुनी सचेतना तथा मस्यौदा लेखन सम्बन्धी कार्यक्रम अन्तर्गत बिहिवार गढवा – ५ मा स्थित चैनपुर माध्यमिक विद्यालयमा सम्पन्न गरेको छ।
गढवा गाउँपालिकाको आयोजनामा आज विहिवार गढवा गाउँपालिका वडा नम्बर ५ चैनपुर माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ८, ९ र१० विद्यार्थीहरुलाई कानुनी सचेतना तथा मस्यौदा लेखन सम्बन्धी जानकारी दिइएको हो।
सम्पन्न कार्यक्रममा १ सय ५० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा प्रमुख प्रशिक्षकमा ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबल बहादुर बम, अधिबक्ता सन्तोष पोख्रेल, गडवा गाउँपालिका प्रशासन शाखा प्रमुख पुनाराम शर्मा रहनुभएको थियो।
कानुनी सचेतना तथा मसौदा लेखन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि लेख बहादुर थापाले बिबाहको उमेरको सवालमा सरकार पुनर्विचार गर्ने हो कि भनेर बताउनुभयो। नागरिक्ता दिने उमेर र बिबाह गर्ने उमेर बिचको समयसिमामा खासै तालमेल नमिलेले बताउदै उमेर नपुग्दै हुने बिबाह कानुनी मान्यता नपाउने, बिबाह गरी हाले बिबाह दर्ता नहुने तर बच्चा जन्मिए जन्मदर्ता बनाउनु पर्ने पछी ति बच्चा लाई कानुन सम्बत बिभिन्न समस्या पर्ने बताउनुभयो भएकाले कानुनको जानकारी हुँदाहुँदै पनि कानुन विपरीत कार्य नगर्न विद्यार्थी भाइबहिनीहरूलाई अनुरोध समेत गर्नुभयो। २० वर्ष नपुग्दै बिहे नगर्ने कानुनी प्रावधान भएतापनि गाउँपालिकाका केही ठाउँमा बालविवाह हुने गरेको र त्यो बालविवाह कुप्रथालाई अन्त्य गर्न बालबालिकाहरू सक्रिय रूपमा लाग्नुपर्ने वडाध्यक्ष थापाले बताउनुभयो। त्यसैगरी कार्यक्रममा बोल्दै थापाले बालबालिकाहरूले आठ दश कक्षामा पढ्ने विद्यार्थी भाइबहिनीहरूले कानुन सम्बन्धी सामान्य जानकारी राख्न अनुरोध समेत गर्नुभयो।
विद्यार्थीहरूलाई कानुनको परिचय कानुनको आवश्यकता मुलुकी फौजदारी कानुन कसुर र लागुऔषध दुर्व्यसनी, साइबर अपराध अनुसन्धान लगायतका विषयमा छलफल गर्दै कानुनी व्यवस्थाको बारेमा जानकारी गराईएको थियो।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले कानुन ऐन नियम र संविधानको बारेमा प्रश्न र जिज्ञासा राखेकोमा सम्बन्धित जानकारी सहजिकरणकर्ताहरुले दिनु भएको थियो।
कार्यक्रममा बोल्दै चैनपुर माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष द्वारीका प्रसाद यादवले गाउँपालिकाले आयोजना गर्ने यस किसिमको कार्यक्रमबाट सहभागी विद्यार्थीहरूको जिवनमा ऊर्जा थपिएको बताउँदै यस्तो कार्यक्रमबाट विद्यार्थीको व्यवहार परिवर्तन गर्न सकिने बताउनु भएको थियो ।
कार्यक्रममा चैनपुर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष द्वारीका प्रसाद यादवको अध्यक्षता तथा गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष लेख बहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हिमाल प्रकाश अधिकारी, न्यायिक समितिका सदस्य रेखा कुमारी थापा,न्यायिक समितिका उजुरी प्रशासक सुरेश पौडेल ,विद्यालयका सहायक प्रधानाध्यापक ब्रह्मदत्त मिश्र,लगायतकाको सहभागिता रहेको थियो।
गढवा गाउँपालिका न्यायिक समितिका सदस्य रेखा कुमारी थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण गढवा गाउँपालिका प्रेस संयोजक उमानाथ यादव (आलोक भावुक) ले गर्नुभएको थियो।





