प्रिडेटर किन एक आइकाेनिक पात्र हाे?

पात्र चर्चा

प्रभाष

Predator किन एक iconic पात्र हो? यसकाे पछाडिको कारण हाे उसकाे उद्देश्य, उसकाे motivation.

Predator किन मानवहरूलाई मारिरहेको छ त?

Predator आम एलियनहरु जस्ताे होइन जसलाई मानवहरूलाई मार्नु छ, जसकाे उद्देश्य नै मानवहरुलाई मार्नु हाे। एलियन film series वा War of the World टाइपका एलियनहरुकाे उद्देश्य मानवहरुलाई सिध्याउनु थियाे चाहे
पृथ्वीमाथि कब्जा गर्नलाई हाेस् अथवा उनीहरु killing machine थिए त्यसकारण हाेस् तर Predator यसकारण मानवहरुलाई मारिरहेकाे थिएन।

Predator एक यस्तो एलियन हो जाे मानव सभ्यताभन्दा धेरै विकसित सभ्यताकाे उपज हाे। ऊ मानवभन्दा अधिक शक्तिशाली छ, अधिक बुद्धिमान छ र ऊ पृथ्वीमा मानवहरुकाे शिकार गर्न पसेकाे छ, ठीक त्यसरी नै जसरी मानवहरु (शिकारीहरु) सिँहको शिकार गर्न जंगल पस्छन्।

तर फरक के छ भने यहाँ Predator मानवहरूभन्दा बढी शक्तिशाली र बुद्धिमान छ। यसकारण मानवहरूलाई मार्नु उसकाे लागि अति सजिलो छ। तर उसको उद्देश्य त्याे होइन।

तपाईं पहिलो फिल्ममा नै देख्नुहुनेछ कि जाे आतंककारीहरू थिए तिनीहरु त्यही इलाकामा थिए, जहाँ Predator शिकार गरिरहेको थियो तर Predator ती आतंककारीहरूलाई मार्दैन किनभने ती बिचराहरु बेकामे हतियारहरुका साथ, बिना advance training का साथ उसकाे सामुन्ने थिए। उनीहरूलाई मार्नु उसकाे लागि कुनै उपलब्धि थिएन। यो यस्तै थियाे जस्ताे कि मानव जंगलमा गएर बाख्रीको शिकार गरेर ल्याउनु। त्यसैले, Predator उनीहरुलाई मार्दैन।

Predator ले कसलाई मार्छ त?

अमेरिकाका बेस्ट कमान्डोहरूलाई।
पहिला उसले हॉपरको टिमलाई एक-एक गरेर मार्छ।
त्यसपछि अर्नोल्डको टिमलाई।

फिल्ममा एउटा दृश्य पनि छ, जहाँ ऊ एउटा लाशलाई सिङ्गाे टिमको बीचबाट उठाएर लैजान्छ, ताकि टिमलाई खतराकाे ज्ञात होस् कि उनीहरू कस्तो शिकारीबाट बच्ने कोशिश गर्दै छन्।

ऊ हरेक कमान्डोलाई मौका दिन्छ, तयारी गर्ने, ताकि ऊ विरुद्ध रणनीति/याेजना बनाएर बच्न सकुन्। हरेक ट्रेन्ड मानव (कमाण्डाे) जसलाई ऊ मार्छ, त्यो उसकाे लागि एक ट्रफी हो, जसलाई ऊ आफ्नो ग्रहमा लिएर गई देखाउनेछ ‘याे हेर। याे मेरो शिकार हो’ भनेर।

त्यसैले ऊ कठीन शिकारलाई रोजिरहेको छ र त्याे शिकारलाई पहिला सावधान पनि गरिरहेको छ कि ‘म तँलाई मार्न आउँदैछु, बच्न सक्छस् भने बच।’

र अन्त्यमा ऊ अर्नोल्डप्रति सम्मान पनि दर्शाउछ कि ‘हो, तँ एक कठीन शिकार हाेस् मेराे लागि, जसलाई मारेर मलाई सन्तुष्टि मिल्नेछ। तँ मेराे लागि साँच्चिकै चुनाैतीपूर्ण शिकार हाेस्’ भनेर।

ऊ अर्नोल्डसँग आमने-सामनेकाे लडाइँ पनि गर्छ, आफ्ना सारा हतियारहरू साइडमा राखेर।

Predator का लागि यो सब लडाइँ एक खेल हो। यो त्यस्तै हो जस्ताे चेसको उत्कृष्ट खेलाडीले कमजोर खेलाडीसँग रानीबिना नै खेलेर पनि उसलाई हराइदिनु।

ऊ एक trained armed team का विरुद्ध लडिरहेको छ, उनीहरुलाई बताएर लडिरहेको छ र आफ्नाे हतियारको परीक्षण गरिरहेको छ कि मेराे हतियार कति भरपर्दो छ, कठिन परिस्थितिहरुमा।

र यी सबै angle पहिलो फिल्ममै explore गरिएका छन्।

मा प्रकाशित