
गढवा, २५ जेठ । गढवा गाउँपालिकाद्वारा सञ्चालित भिटा परियोजनाद्वारा गढवा गाउँपालिका वडा नम्बर १,२,३ र ५ मा गरिएका गतिविधि, योजनाकोप्रगतिको आईतबार अनुगमन गरिएको छ ।
परियोजना अनुगमन तथा समन्वय समितिले बुधबार गढवा गाउँपालिका वडा नम्बर १ मा गरिएको सामुहिक बेसार खेती,वडा नम्बर २ मा परियोजनाद्वारा निर्माण भएका खोर निर्माण, वडा नम्बर ३ मा बेसार खेती र वडा नम्बर ५ मा खज्रौटामा भैसीको भकारो निर्माणको अनुगमन गरिएको गरिएको हो।
परियोजना अनुगमन तथा समन्वय समिति संयोजकत्वमा अनुगमन समितिले वडा नम्बर १,२,३ र ५ वडाको बिभिन्न ठाउँमा पुगेर त्यहाँ भए गरेका कायहरुको स्थलगत अनुगमन गरिएको हो ।
अनुगमनको क्रममा परियोजनाका बिभिन्न समूहहरुलाई गरेको एकल तथा सामूहिक बेसार खेती, निर्माण गरेका खोर, भकारोको बारेमा जानकारी लिनुका साथै बाख्रा तथा भैसी पालक कृषकहरुसंग व्यवसायीक रुपमा बाख्रा तथा भैसी पालनका लागि आवश्यक पर्ने सहयोगको बारेमा राय संकलन समेत गरिएको गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले जानकारी दिनुभयो।
भैसी पालनमा राम्रो सम्भावना भएको गढवा गाउँपालिका वडा नम्बर ५ को खज्रौटा, बेसारखेती भैरहेको वडा नम्बर १ को मलमला र वडा नम्बर ३को सुपैला सुपैलाका कृषकहरुको माग अनुसार थप कार्यक्रम लागु गरिने उपाध्यक्ष चौधरीले जानकारी दिनुभयो।
अनुगमन समितिलाई कृषकहरुले भैसी पालन थप ब्यवस्थित बनाउन पशु प्राविधिक, घाँसको ब्यवस्थापन र भैंसीमा लाग्ने रोगको बारेमा बिशेष जानकारी तथा उपचारका लागि सहयोग गर्न अनुराेध गरेका छन् । कृषकलाई आत्मनिर्भर बन्न पालिकाले पशु पालक कृषकहरुको लागि बिशेष कार्यक्रम सञ्चालन गरेको र आवश्यक पर्ने सम्पूर्ण सहयोग परियोजना मार्फत गर्ने उपाध्यक्ष चौधरीले प्रतिबद्धता व्यक्त गर्नु भयो ।
वडा नम्बर १ र ३ मा भैरहेको बेसारखेतीका लागि सिचाईको व्यवस्थापन गर्न कृषकहरुले अनुगमन समितिलाई अनुरोध समेत गरेका छन्।
अनुगमन समितिमा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी,प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्याल, १ नम्बर वडा अध्यक्ष बाबुराम अधिकारी, ३ नम्बर वडाध्यक्ष तुल्सीराम अधिकारी, ५ नम्बर वडाध्यक्ष लेख बहादुर थापा, कार्यपालिका सदस्य चन्द्रा केसी, ५ नम्बर वडा सदस्य खिमा डाँगी, हेफर प्रोजेक्ट नेपालका क्षेत्रिय प्रवन्ध प्रकाश केसी, ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङ/भिटा परियोजनाका फोकल पर्सन भिमकान्त चौधरी, गढवा गाउँपालिका भिटा परियोजनाका कार्यक्रम संयोजक बसन्त कुमार शर्मा, गढवा गाउँपालिका प्रशासन शाखा प्रमुख पुनाराम शर्मा, कृषि विकास शाखाका प्रमुख कर्ताराम यादव, पशुपंक्षी तथा मत्स्य विकास शाखाका अधिकृत खेम बहादुर चौधरी, अनन्त राज रेग्मी, भिटा परियोजनाका सामुदायिक सहजकर्ता कैलाश चौधरी, कल्पना चौधरी, माया चौधरी, यमुना सुबेदी, लगाएतको सहभागिता रहेको थियो।
