गढवामा बालविवाह तथा लागुऔषध दुर्व्यसन विरुद्ध एक दिने सचेतना कार्यक्रम सम्पन्न

आलोक भावुक

गढवा,२४ जेठ । गढवा गाउँपालिकामा आज शनिबार बालविवाह तथा लागुऔषध दुर्व्यसन विरुद्ध बाल सञ्जालका पदाधिकारी र अभिभावक लक्षित एक दिने सचेतना तथा जिम्मेवारी निर्वाह सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम पालिका स्तरीय बाल सञ्जालकी सचिव निशा चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिकाकी उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रमको प्रमुख अतिथि उपाध्यक्ष चौधरीले बालविवाह र लागुऔषध दुर्व्यसन समाज र राष्ट्रका लागि गम्भीर चुनौती भएको उल्लेख गर्दै यस्ता सामाजिक विकृति अन्त्यका लागि सबै तहबाट साझा प्रयास आवश्यक रहेको बताइन्।

उनले भनिन्, “बालबालिकाहरूको सुरक्षित, सशक्त र उज्ज्वल भविष्यका लागि परिवार, विद्यालय र स्थानीय सरकारबीच सहकार्य अपरिहार्य छ। केवल सचेतना मात्र नभई व्यवहारिक कदम चाल्नु अहिलेको आवश्यकता हो।”

कार्यक्रममा गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्याल, कार्यपालिका सदस्य रमा भण्डारी, बालमैत्री विज्ञ विकिरण गौतम, विभिन्न वडामा गठन भएका बाल सञ्जालका पदाधिकारीहरू तथा उनीहरूका अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

बालविवाह तथा लागुऔषध दुर्व्यसन विरुद्ध एक दिने सचेतना कार्यक्रमको प्रमुख प्रशिक्षकमा ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख प्रहरी निरीक्षक डबल बहादुर बम र बालमैत्री स्थानीय शासन बिज्ञ विकिरण गौतम रहनु भएको थियो।

सचेतना कार्यक्रममा बालअधिकार, बालविवाहका सामाजिक र कानुनी पक्षहरू, तथा लागुऔषधको असरबारे छलफल गरिएको थियो। कार्यक्रमको सञ्चालन गढवा गाउँपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले गर्नुभएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID