घोराहीमा लक्ष्मणरेखा महाकाव्यको समीक्षात्मक कार्यक्रम सम्पन्न

गणतन्त्र नेपाल डटकम

‌घोराही,२४ जेठ । लुम्बिनी साहित्य सङ्गमका उपाध्यक्ष एवं प्रख्यात साहित्यकार डा. कृष्णराज डि.सी.द्वारा रचित लक्ष्मणरेखा महाकाव्यको समीक्षात्मक कार्यक्रम घोराहीमा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रम सर्वोदय पुस्तकालयका अध्यक्ष सुशिल गौतमको अध्यक्षता तथा बरिष्ठ हित्यकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्य तथा पुरुषोत्तम खनालको बिशिष्ट अतिथ्यमा सम्पन्न भएको हो। नेपाल संस्कृत विश्वविद्यालयका उप–प्राध्यापक किशोर चन्द्र गौतमले महाकाव्यको समीक्षात्मक प्रस्तुति दिनुहुँदै कृतिको गहिरो साहित्यिक विश्लेषण गर्नुभएको थियो।

कार्यक्रमको प्रारम्भमा राप्ती साहित्य परिषद् अध्यक्ष कमलमणि देवकोटाले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो। त्यसपछि लुम्बिनी साहित्य सङ्गमका महासचिव तेजप्रसाद खनालले आयोजक संस्थाको तर्फबाट सबै अतिथिहरू र सहभागीलाइ धन्यवाद ज्ञापन गर्नुभयो।

स्वयं स्रष्टा डा. कृष्णराज डि.सी.ले आफ्नो छोटो धारणा व्यक्त गर्दै लक्ष्मणरेखा लेखनको प्रेरणा, प्रक्रिया र यसको सामाजिक सन्देशबारे प्रकाश पार्नुभएको थियो। साथै, २०८१ साल फागुन १७ गते काठमाडौंमा लोकार्पण गरिएको उक्त कृतिसम्बन्धी थप समीक्षात्मक भिडियोहरू कार्यक्रमकै दौरानमा स्लाइडमार्फत प्रस्तुत गरिएको थियो।

उक्त कार्यक्रममा विभिन्न साहित्यिक संस्थाका प्रतिनिधि, लेखक, समीक्षक, विद्यार्थी तथा साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम सर्वोदय पुस्तकालय, राप्ती साहित्य परिषद्, लेखक संघ दाङ तथा लुम्बिनी साहित्य सङ्गम लुम्बिनी प्रदेशको संयुक्त आयोजनामा सम्पन्न भएको हो।

कमलमणि देवकोटाको स्वागत मन्तव्य बाट सुरू भएकाे कार्यक्रमको सञ्चालन आदिम केसीले गर्नुभएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID