गढवा -३ मा कुपोषणबाट मुक्त गरिएका बालबालिकाका अभिभावकलाई सरसफाई किट र पुरस्कार वितरण

आलोक भावुक

गढवा,२० जेष्ठ । बेस नेपाल अन्तर्गत सञ्चालित “पोषणमार्फत जीवन रूपान्तरण परियोजना” को पहलमा गढवा गाउँपालिका–३ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रको OTC (Outpatient Therapeutic Care) केन्द्रमा उपचार गराएर कुपोषणबाट मुक्त भएका तथा हाल उपचारमा रहेका बालबालिकाका अभिभावकहरूलाई एक कार्यक्रमकाबीच सरसफाई किट वितरण गरिएको छ।

उक्त कार्यक्रम अन्तर्गत SAM (Severe Acute Malnutrition) र MAM (Moderate Acute Malnutrition) अवस्थामा रहेका बालबालिकाहरूको पोषण सुधारका लागि उपचार तथा नियमित परामर्श सेवा दिइँदै आएको छ। हालसम्म धेरै बालबालिकाहरूले सफलतापूर्वक उपचार प्राप्त गरी सामान्य पोषण अवस्थामा फर्किएका छन्।

कार्यक्रममा सरसफाई तथा बालबालिकाको हेरचाहमा विशेष ध्यान दिने अभिभावकहरूलाई प्रोत्साहन स्वरूप उत्कृष्ट तीन जनालाई पुरस्कारसमेत प्रदान गरिएको थियो। पुरस्कार प्राप्त गर्ने अभिभावकहरूलाई प्रमाणपत्र, सरसफाई सामग्री र प्रेरणादायी उपहार प्रदान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा केन्द्रका प्रतिनिधिहरूले कुपोषणको समस्या समाधानका लागि अभिभावकहरूको सक्रिय सहभागिता र सचेतना अत्यन्त आवश्यक रहेको बताए। उनीहरूले नियमित सरसफाई, पौष्टिक आहार, नियमित स्वास्थ्य परीक्षण तथा मातृत्व–शिशु हेरचाहलाई प्राथमिकता दिन अभिभावकहरूलाई अनुरोध गरे।

बेस नेपालका प्रतिनिधिले उक्त परियोजनाले समुदायस्तरमा पोषणको अवस्थालाई सुधार गर्दै बालबालिकाको समग्र स्वास्थ्यमा सकारात्मक प्रभाव पारिरहेको जनाएका छन्।

कार्यक्रममा गढवा–३ का महिला स्वास्थ्य स्वयंसेविका, स्थानिय अभिभावक, स्वास्थ्यकर्मी तथा परियोजना प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID