टरिगाउँ एयरर्पोट बिस्तारका लागि चिरो भाट्ने अभियान चलाउन प्रियासनको अनुरोध

गणतन्त्र नेपाल डटकम

दाङ ,१६ जेठ। दाङको अति आवश्यकता मध्यको एक एयरपोर्ट निर्माणको सवालमा विभिन्न खाले चर्चापरिचर्चा, टिप्पणीहरु आइरहेको समयमा सामाजिक अभियन्ता सविन प्रियासनले टरिगाउँ एयरपोर्ट निर्माणका लागि बिस्तार कार्य अगाडी बढाउन एयरपोर्टको छेउँछाउँमा रहेको चिरो भाट्ने अभियान चलाउन अनुरोध गर्नु भएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनले सामाजिक सञ्जालमा यस्तो अभियानको नेतृत्व गर्न तुलसीपुर उपमहानगरपालिका, तुलसीपुर उद्याग वाणिज्य संघलाई अगुवाई गर्न अनुरोध गर्नु भएको छ ।

यस प्रकारको अभियान सुरु भएमा सिंगो दाङले यसमा साथ दिने उल्ले गर्दै उहाँले यदि अब पनि सरकारले बजेट बिनियोजन नगर्ने, त्यस क्षेत्रका अगुवा संस्थाहरुले श्रमदानलगायतका कार्य नगर्ने हो भने अबको केही समयमै घोराही वा अन्य उपयुक्त स्थानमा एयरपोर्ट निर्माणका लागि कार्य अगाडी बढाउने घोषणा गर्नुभएको छ । उहाँले यसको लागि अध्ययन पनि गरिरहेको जानकारी दिनुभयो । पछिल्लो समयमा दाङमै क्रियाशिल पंक्तिमा पर्ने प्रियासनको सहभागितामा दाङको विकासका लागि विभिन्न कार्यहरु भएका छन् । उहाँ दाङलाई राजधानी बनाउनका लागि गठित दाङ प्रादेशिक राजधानी सरोकार समितिको सदस्य सचिव, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सरोकार समितिको सदस्य सचिवलगायतका महत्वपूर्ण पदमा रहेर काम गरि सक्नु भएको छ ।

नेपाल पत्रकार महासंघ दाङको अध्यक्ष हुँदा प्रियासनसहितको महासंघको टिमले जिल्लाको खोलाखोलामा पुगेर पुल बन्नुपर्छ, खेतमा पुगेर किसानले मल पाउनुपर्छ भनेर ऐतिहासिक कार्यक्रम गर्नुभएको छ । यसको साथै नेपाल पत्रकार महासंघले टरिगाउँ एयरपोर्ट सञ्चालन हुनुपर्छ भनेर एयरपोर्टमै पटकपटक वैठक समेत बसालेको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID