सामुदायिक वनको आफ्नै काठ उद्योग: स्थानीय स्रोत, स्थानीय उत्पादन

आलोक भावुक

तस्बिर जे.एन‌.सागर

गढवा,१५ जेठ। गढवा गाउँपालिका वडा नं.१ बडहरामा सञ्चालित ‘गोबरडिहा काष्ठ तथा फर्निचर उद्योग’ अब सामुदायिक वनको साझा स्वामित्वमा सशक्त उदाहरण बनेको छ।

१२ वटा सामुदायिक वन कुलपानी, जनशक्ति, वनशक्ति, जनप्रिय, बाग्दुला दमार, महदेवा, लखपति, दुर्गा, सूर्य, जनसेवा, लक्ष्मी, हरियाली र गोगरडिहाले संयुक्तरूपमा यो उद्योग सञ्चालन गरेका छन्।

उद्योगमा आफ्नै सामुदायिक वनबाट निकालिएको काठ प्रयोग गरिन्छ। चिरान तथा प्रशोधनपछि सोही क्षेत्रका उपभोक्तालाई आवश्यक काठ तथा फर्निचर उत्पादन गरी आपूर्ति गरिन्छ।

स्थानीय काठकै उपयोगबाट मूल्य अभिवृद्धि गर्दै यस उद्योगले आर्थिक रुपमा सामुदायिक वन उपभोक्ता समूहलाई सशक्त बनाउने अपेक्षा गरिएको छ।

स्थानीयस्तरमा रोजगारीको अवसर पनि सिर्जना भएको छ। गोबरडिहा काष्ठ तथा फर्निचर उद्योगले न केवल वन संरक्षण र स्रोतको दिगो व्यवस्थापनमा सहयोग पुर्याइरहेको छ, तर समुदायको आर्थिक समृद्धिमा समेत योगदान पुर्याइरहेको छ।

मा प्रकाशित