
काठमाडौँ । सरकारले स्टार्टअप उद्यमीलाई ३ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउन ७३ करोड विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उक्त जानकारी दिए ।
‘स्टार्टअप उद्यमीलाई सीप विकास बजारीकरण मूल्य शूङ्खलामा आबद्ध गर्न सहुलियतपूर्ण कर्जा कार्यक्रम विस्तार गरेको छु,’ मन्त्री पौडेलले भने,‘यसका लागि ३ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउन ७३ करोड विनियोजन गरेको छु ।’
साथै काम खोज्ने होइन काम दिने युवाको सङ्ख्या वृद्धि गर्न नवप्रवर्द्धनमा आधारित स्टार्टअप कार्यक्रम प्रवर्द्धन गरिने जानकारी दिए । जेनजी पुस्तालाई उद्यमशील र व्यावसायिक बनाउन सरकारले विश्वविद्यालय र निजी क्षेत्रको सहयोगमा इन्कुलेशन सेन्टर सञ्चालन गरिने घोषणा गरे ।
लघु घरेलु र साना र मझौला उद्योगको उत्पादनलाई ब्राण्डिङ गरिने घोषणा गरे । साथै नवीनतम प्रविधिको विकास गर्न इन्डस्ट्र फोर कार्यक्रमको अवधारण कायम गरिने बताए ।
