लालपूर्जाका लागि गढवा – ६ खबरीमा जग्गाको नापजाँच सुरु

आलोक भावुक

गढवा, १४ जेठ । भूमिहिन दलित, भुमिहिन सुकुम्वासी र अवस्थित वसोवासीलाई लालपुर्जा वितरणका लागि गढवा गाउँपालिका वडा नम्बर ६ खबरीम जग्गा नापजाँचको काम सुरु भएको छ ।

गढवा गाउँपालिका वडा नम्बर ६ खबरी गाँउमा भूमिहिन, सुकुम्बासी, दलित तथा अब्यवस्थित बसोबासीहरूले जोतभोग गरिरहेको जग्गा नापजाँचको कार्य बुधबार देखी सुरु भएको हो ।

कार्यक्रममा बोल्दै जिल्ला भूमि आयोग दाङका प्रमुख हुकुम बहादुर बस्नेतले भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिने समस्या राष्ट्रको साझा समस्या भएको बताउनुभयो। प्रमुख बस्नेतले नेपाल सरकारले भनेअनुसार आयोग विघटन नहुने तर तर सन्तोषजनक कार्य सम्पादन नगरे कर्मचारीहरू आउने जाने क्रम चलिरहने बताउनुभयो। वर्तमान भूमि आयोग अन्तिम आयोग भएको बताउँदै प्रमुख बस्नेतले भूमि सम्बन्धी आफूहरूले अन्तिमपटक ३५ दिने सूचना जारी गर्ने तयारी गरेको जानकारी दिनुभयो। फारम भर्न छुटेका लगत सङ्कलनमा छुटेकाहरूलाई अन्तिम ३५ दिनको म्याद दिने गरी आयोगले तयारी थालेको बताउनुभयो। जग्गा मूल्याङ्कनको सवालमा गढवा गाउँपालिकाले सबैभन्दा द्रुत गतिमा कार्य अगाडि बढाएको भन्दै प्रमुख बस्नेतले गाउँपालिका अध्यक्षको तारिफ समेत गर्नुभयो। जग्गा नापजाँचको कार्य सहजीकरण समितिले समन्वय गरेर द्रुत गतिमा सम्पन्न गर्न अनुरोध समेत गर्नुभयो।

कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यामनारायण शर्मा पोख्रलले १ देखि ५ वडाका नावजाँच कार्य सम्पन्न भएको र वडा नम्बर ६ मा शुभारम्भ गरेको बताउँदै पालिका अध्यक्ष पोख्रेलले ८वटै वडाको काम सकेर लालपुर्जाको प्रक्रिया अगाडि बढाउन पालिका गम्भीर रहेको बताउनुभयो। फारम भर्दा धेरै त्रुटिहरु भएकाले ती त्रुटिहरू सच्याउन सकिने भन्दै पालिका अध्यक्षले सबैमा सच्याउन अनुरोध समेत गर्नुभयो। नाभजाचका क्रममा गाउँमा विवाद आए गाउँ समाज मिलेर समाधान गरी नापजाँचको कार्यलाई प्रभावित हुन नदिन अनुरोध समेत गर्नुभयो। नावजाँच टोलीलाई सम्बन्धित जग्गाधनीले सहयोग गर्न सुझाव समेत दिनुभयो। गाउँपालिकाले नावजाँचका लागि ७- ८ जना कर्मचारी नियुक्ति गरेर नापजाँचको प्रक्रिया द्रुत गतिमा अगाडि बढाएको बताउँदै पालिका अध्यक्ष पोख्रेलले यस कार्यमा सहयोग गर्न सम्पूर्णलाई अनुरोध समेत गर्नुभयो।

गढवा गाउँपालिकाको वडा नं. १, २,३,४ र ५ मा जग्गा नाप जाँचको काम सकिएपछि बुधवारदेखि वडा नं. ६ मा नापजाँचको काम सुरु भएको गढवा गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोख्रेलले जानकारी दिनुभयो।

जग्गा नापजाँचको काम सुरु भएपछि बर्षाैदेखि लालपूर्जा बिहिन नागरिकलाई लालपूर्जा प्राप्त हुने आशा पलाएको गढवा गाउँपालिका वडा नम्बर ६ खबरीका चेतमान केसीले बताउनुभयो।

गढवा गाउँपालिकामा वडा नं. ६ मा १ हजार १सय १७ जनाले दलित सुकुम्बासी दलित आदिवासी र अव्यवस्थितले फारम भरेका छन्। जसमा भूमिहीन दलित ७२ भूमिहीन सुकुम्बासी १ सय ६७ जना र अव्यवस्थित बसोबासी ६ सय ८८ जना रहेका छन्।

गढवा गाउँपालिका वडा नम्बर ६ खबरीमा मात्र भूमिहीन दलित २२ जना भूमिहीन सुकुम्बासी २७ जना र अव्यवस्थित बसोबासी ६३ जनाले फारम भरेका छन्।

गढवा गाउँपालिकामा यस आर्थिक बर्षभित्र वडा नं. १ देखि ८ सम्मका सवै वडामा जग्गाको नापजाँचको काम सक्ने गरि काम भइरहेको गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनुभएको छ ।

‘गढवा गाउँपालिकामा यस आर्थिक बर्षमा सवै वडामा जग्गाको नापजाँच गर्ने र अर्काे बर्ष जग्गा वितरण गर्नेगरी जग्गाको नापजाँचको काम भइरहेको छ’,गाउँपालिका अध्यक्ष पोख्रेलले भन्नुभयोे,‘जसअनुसार अहिलेसम्म पांच वटा वडाहरुमा नापजाँचको काम सकिएको छ भने ३ नम्वर वडामा काम सुरु भएको छ ।’

नापजांच शुभारम्भ कार्यक्रम गढवा गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष वीरबहादुर आले मगरको अध्यक्षता तथा जिल्ला भूमि आयोग दाङका प्रमुख हुकुम बहादुर बस्नेतको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोखरेलको विशिष्ट अतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रममा समाजसेवी डाक्टर सुराममणि बेलभासी सीता चौधरी कपिलदेव खनाल वडा सदस्य दिनमढी आचार्य कार्यपालिका सदस्य मानबहादुर नेपाली लगायतको सहभागिता रह्यो।।

भूमिसम्बन्धी कार्यक्रममा सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले प्राविधिक सहयोग गरिरहेको आत्मनिर्भर सेवा केन्द्र गढवाका प्रमुख सुनिल चौधरीले जानकारी दिनुभयो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID