
हिजाे बलिउडबाट एक दुःखद खबर आयाे। एक्टर मुकुल देवकाे निधन भएकाे खबर। उनी ५४ वर्षका थिए र केही दिनदेखि अस्वस्थ्य थिए। अभिनेता बिन्दु दारा सिंहले आफ्नो एक्स पोस्टमार्फत मुकुल देवको निधनको खबर सार्वजनिक गरे। सो पोस्टमा बिन्दु दारा सिंहले मुकुल देवसँगको एक भिडियो सेयर गरे, जहाँ दुवैजना रमाइलो गर्दै गरेकाे देखिन्छन्। उक्त पोस्टमा बिन्दु दारा सिंहले यो पनि बताए कि ‘सन अफ सरदार-२’ मुकुल देवको अन्तिम फिल्म हुनेछ।
मुकुल देवको जन्म १७ नोभेम्बर १९७० मा दिल्लीमा भएको थियो। उनी एक पंजाबी परिवारमा जन्मिएका थिए। उनकाे पिता हरिदेव कौशल पुलिस फाेर्समा थिए। उनी कुनै समय दिल्ली पुलिसमा कमिशनर थिए। त्यसैले एक पुलिसकाे घरमा जन्म लिएका उनीहरु (उनी र उनकाे दाई राहुल देव) कडा अनुशासनमा हुर्किएका थिए। उनीहरुकाे लालनपालन , शिक्षादीक्षा एकदमै राम्रोसँग भएकाे थियाे जसमा उनीहरुलाई राम्रोसँग अनुशासनमा बस्न सिकाइएकाे थियाे। त्यसैले उनीहरु (मुकुल र राहुल) ठूलाे भएर पनि अनुशासित र भलाद्मी व्यक्तिका रुपमा देखिए। फिल्ममा badman वा villain बने पनि वास्तविक जीवनमा उनीहरु gentleman थिए।
मुकुल देव एक trained pilot थिए। flight प्रति उनको निकै मोह थियो। उनले ‘इन्दिरा गान्धी राष्ट्रिय उडान एकेडेमी’ बाट training लिएका थिए। यदि तपाईंले उनको instagram हेर्नुभयाे भने उनकाे अन्तिम तीन पोस्टहरू flying सँग सम्बन्धित देखिन्छन्। त्यससँगै उनकाे पाेष्टमा Pink Floy को पनि उल्लेख छ जसको उनी प्रशंसक थिए। उनको अन्तिम पोस्टमा उनी विमानमा बसेर बादलमाथि यात्रा गरिरहेकाे देखिन्छ। trained pilot भएता पनि उनी फाेर्समा छिरेनन्। वायुसेनामा लागेनन् कारण उनलाई फाेर्समा रुचि थिएन। फाेर्सकाे अफिसर हरिदेव काैशलका दुवै भाइ छाेराहरुले करिअरकाे लागि showbiz लाई राेजे।
दाइ राहुल देवभन्दा धेरै पहिले भाइ मुकुल देवको एक्टिङ करिअर सुरु भएको थियो। सन् १९९६ मा प्रदर्शित फिल्म ‘दस्तक’ मुकुल देवको डेब्यु फिल्म थियो। यस फिल्मकाे निर्माण मुकेश भट्टले गरेका थिए भने निर्देशन महेश भट्टले गरेका थिए। सो फिल्ममा मुकुल देवको नायिका सुष्मिता सेन थिइन्। सुष्मिता सेनको पनि याे डेब्यु फिल्म थियो।
हुन त मुकुल देवकाे डेब्यु अमिताभ बच्चन कर्पाेरेशन लिमिटेड (एबीसीएल) को फिल्म ‘नाम है क्या’ बाट हुनुपर्ने थियो। एबीसीएलले उनलाई स्टारकाे रुपमा उक्त फिल्मकाे लागि साइन गरेकाे थियाे तर कंपनीकाे हालत खस्ता भएपछि कंपनीले त्यो फिल्मलाई शेल्फमा राख्यो र कहिल्यै बनाएन।
सन् १९९८ मा दिलीप कुमारको अन्तिम फिल्म ‘किला’ आयो। ‘किला’ काे निर्दैशन दिलिप कुमारले गरेका थिए अनि प्रमुख भूमिका पनि दिलिप कुमारले नै निर्वाह गरेका थिए। यस फिल्ममा मुकुल देवले पनि एक महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
‘किला’ दिलिप कुमारले निर्दैशन गरेकाे एकमात्र फिल्म थियाे। यस फिल्ममा मुकुल देवले न केवल भारतीय सिनेमाकाे अभिनय सम्राट दिलिप कुमारसँग काम गर्ने माैका पाए, अपितु दिलिप कुमारकाे निर्दैशनमा पनि काम गर्ने माैका पाए। याे उनकाे लागि ठूलाे अवसर थियाे। सन् १९९९ मा उनले मेहुल कुमारकाे highly anticipated film ‘काेहराम’ मा अमिताभ बच्चनसँग screenshare गरे।
समग्रमा, फिल्ममा मुकुल देवको सुरुवात निकै सुखद रह्यो, तर परिणाम भने दुखद् रह्याे। उनकाे आशा गरिएका दिलिप कुमार र अमिताभ बच्चन जस्ता ठूला स्टारहरुसँगका फिल्महरु फ्लप भए। ‘दस्तक’, ‘वजूद’, ‘इसकी टाेपी उसके सर’, ‘मेरे दाे अनमाेल रतन’, ‘इत्तेफाक’ जस्ता उनले hero खेलेका सबै फिल्महरु फ्लप भए। Hero को रूपमा करिअर सुरु गरेका मुकुल देव अब hero बाट तल झरेर supporting/character roles गर्न थाले।
जब फिल्ममा चित्त बुझ्दो काम भेटिएन, तब मुकुल देव टेलिभिजनतर्फ मोडिए। विकिपिडिया अनुसार, पहिलोपटक सन् १९९६ मै ‘मुमकिन’ नामक शो मा मुकुल देवले विजय पाण्डेको भूमिका निर्वाह गरेका थिए। त्यसपछि उनी ‘एक से बढ़कर एक’ नामक काउन्टडाउन शो मा पनि देखिए। स्टार प्लसको चर्चित टिभी शो ‘घरवाली ऊपरवाली’ मा पनि उनले काम गरे। ३ जुलाई २००० मा सुरु भएको यो फ्यान्टेसी सिटकम २३ जुन २०२३ सम्म चल्यो। अर्थात् याे शो निकै सफल रह्यो। यसबाहेक पनि थुप्रै टिभी शोहरू मा मुकुल देवले काम गरे। उनले ‘फियर फ्याक्टर’ नामक शाे काे हाेस्ट पनि गरे साथै उनी फिल्महरूमा पनि सक्रिय रहे। यद्यपि, त्यसबेलासम्म उहाँ hero बाट supporting/character roles मा झरिसकेका थिए।
मुकुल देव लामाे समयदेखि बिरामी थिए अनि केही समय अघि उनी दिल्लीको एउटा अस्पतालमा आईसीयूमा भर्ना भएर उपचाररत थिए। मुकुलकाे जीवनमा आजभन्दा २० बर्ष अगाडि (सन् २००५ देखि) त्याे दिनदेखि नै मायुुुसी छाएकाे थियाे जुन दिन उनकी पत्नी शिल्पा देवले उनलाई छोडेर, उनीहरुकाे छोरीलाई पनि साथमै लिएर दिल्ली गएकी थिइन्। त्यसपछि उनी फेरि कहिल्यै फर्किनन्। मुकुल आफ्नो पाली हिलकाे घरमा एक्लै भए। यसरी उनीहरुकाे सम्बन्ध टुट्याे। अनि जुन दिनदेखि पत्नीसँग उनकाे सम्बन्ध टुट्याे, त्याे दिनदेखि नै मुकुल पनि भित्रभित्रै टुट्दै गए। हुन त मुकुल बीच-बीचमा आफ्नो छाेरीलाई भेट्न दिल्ली गइरहन्थे। तर पत्नीसँगकाे उनकाे सम्बन्ध फेरि पहिलेजस्ताे जाेडिन सकेन।
मुकुल देवकाे नजिकका साथीहरु अभिनेता बिन्दु दारा सिंह र अभिनेत्री दीपशिखा नागपाल पनि मुकुल पत्नी र छाेरीसँग बिछाेडिएपछि धेरै बदलिएको बताउँछन्। उनी एक्लै आफ्नो घरमा चुपचाप बस्न थालेका थिए। बिस्तारै उनलाई डिप्रेशन हुँदै गयाे। सन् २०१९ मा बुवा बित्नुभएपछि त मुकुल देवले आफूलाई सबैबाट टाढा राख्न थालेका थिए। बुवाको मृत्यु भएको केही समयमै आमा पनि बित्नुभयो। पत्नी र छोरीको बिछाेडबाट वर्षौँदेखि पीडित मुकुल देवका लागि बुवा-आमाको मृत्यु झन् ठूलो आघात बन्यो। कसैसँग नबाेल्ने, एक्लै घरमा बसिरहने स्वभावकाे कारण मानसिक रुपमा कमजाेर भएकाे उनी बुवा-आमाकाे मृत्युपछि पूर्ण रुपमा टुटे। र त्यसकाे केही समय पछि नै मुत्युकाे काखमा पुगे। मुकुल देवलाई नजिकबाट चिन्ने मान्छेहरु भन्छन् — उनलाई सन्ताप र एकान्त/एक्लाेपनाले खाइमार्याे।




