गढवा गाउँपालिका वडा नं.५ मा न्यायिक संवाद कार्यक्रम सम्पन्न

आलोक भावुक

गढवा,७ जेठ।जनतासँग गढवा गाउँपालिका न्यायिक संवाद कार्यक्रम बिहिबार गाउँपालिका वडा नम्बर ५ बाँकेमा सम्पन्न भएको छ।

गढवा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष लेख बहादुर थापाको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष याम नारायण शर्मा पोखरेल को प्रमुख अतिथि तथा उपाध्यक्ष शारदा कुमारी चौधरीको विशिष्ट अतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिकाक अध्यक्ष यमनारायण शर्मा पोखरेलले न्यायिक प्रणालीको महत्त्व र नागरिकका हक अधिकारका विषयमा चर्चा गर्दै, न्यायिक सेवा र सुलह समाधानको प्रक्रियामा सबैको सहभागिता अनिवार्य रहेको बताउनुभयो।

त्यसैगरी कार्यक्रममा बोल्दै विशिष्ट अतिथि तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले गाउँपालिकामा कानुनी जानकारी र न्यायिक प्रक्रियामा नागरिकलाई सजग बनाउन यो कार्यक्रम महत्वपूर्ण रहेको र यसका माध्यमबाट सबै जनतालाई कानुनी अधिकारका बारेमा अवगत गराउने बताउनुभयो।

कार्यक्रममा बढुवा गाउँपालिकाका कानुनी सल्लाहकार लुम बहादुर कार्की र ‌ इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख प्रहरी निरीक्षक डबल बहादुर बम, गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेलले साइबर क्राईम, विद्युतिय अपराध, न्यायिक अधिकार, संवैधानिक अधिकार, न्यायिक समितिका काम, कर्तव्य र अधिकारका बिषयमा संवाद मार्फत प्रस्तुतिकरण गर्नुभएको थियो।

कार्यक्रममा गढवा गाउँपालिका महिला बालबालिका शाखाका प्रमुख प्रेरणा चन्द, उजुरी प्रशासक सुरेश पौडेल,शिक्षक, मेलमिलापकर्ता, संघसंस्थाकाे प्रतिनिधि, टाेलविकास संस्थाका पदाधिकारी, कर्मचारीहरुकाे लगाएतको सहभागिता रहेकाे थियाे ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID