तुलसीपुरमा ‘पोषण मार्फत जीवन रुपान्तरण परियोजना’ : बालबालिकाको सरसफाइ र पोषणमा जोड

रुपा थापा

तुलसीपुर, ४ जेठमा । दाङको तुलसीपुर उपमहानगरपालिकामा पालिका स्तरीय पोषण मार्फत जीवन रुपान्तरण परियोजना सरोकारवालाहरुसंग बैठक तथा समीक्षा सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिकाका समाजिक विकास संयोजक मान बहादुर रावतको अध्यक्षतामा तथा तुलसीपुर उपमहानगरका नगरप्रमुख टिकाराम खड्काको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको हो । एचकेआई, आइडीई र बिएएसईकाे साझेदारीमा तथा तुलसीपुर उपमहानगरपालिकाकाे समन्वयमा यो कार्यक्रम आयोजना गरिएको थियोे ।

यो कार्यक्रम “पोषण मार्फत जीवन रुपान्तरण परियोजना” अन्तर्गत सञ्चालन भएको थियोे । जसको उदेश्य, उपमहानगरमा पोषण, स्वास्थ्य, कृषि र सरसफाइ क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्नु हाे । साथै आगामी क्रियाकलापको लागि आवश्यक सल्लाह सुझाव संकलन गर्नु पनि हो । उक्त कार्यक्रमकाे बारेमा परियाेजन संयोजक सुरेश चौधरीले जानकारी दिनुभयाे ।

उहाँका अनुसार कुपोषण बालबालिकामा लागि एउटा लाग्ने रोग हो, जसका कारण बालबालिकाको बौद्विक क्षमतामा प्रत्यक्ष असर पर्छ । यो परियोजनाको अवधि ५ बर्ष रहेको बताउनुभयो । दाङका १० वटै स्थानीय तहमा ३१ जना कर्मचारी खटाएर ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाहरुलाई लक्ष्ति गर्दै यो परियोजना ल्याइएको उहाँको भनाइ छ । कुपोषण हुदाँ रक्त अल्पता र पुड्कोपन जस्ता रोग लाग्ने गरेका छन । तथ्यांक अनुसार लुम्बिनी प्रदेशमा कुपोषण १६.४ प्रतिशत रहेको छ भने अन्य प्रदेशहरुको तुलनामा यश प्रदेशमा धेरै छ । त्यसतै पुड्कोपन २५ प्रतिशत रहेको छ । साथै बालबालिकाहरुमा रक्त अल्पता ४८.५ प्रतिशत रहेको छ ।

दाङ जिल्लामा १ हजार ३ सय १४ जना बालबालिकाहरु शिघ्र कुपोषण रोग संक्रमित मध्ये २ सय ६८ जना ९३० प्रतिशत बालबालिका तुलसीपुरकम रहेको छन । लिंगका आधारमा शिघ्र कुपोषण रोग बढि महिला ५९ प्रतिशत र पुरुषमा ४१ प्रतिशत हुने गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख टिकाराम खड्काले अन्तर्राष्ट्रिय परियोजनाले कार्यक्रम गर्ने मार्फत  सम्झौता बताउनुभयो । बच्चा गर्व अवस्था आएदेखी नै पोषण सम्बन्धि ध्यान दिन आवश्यक रहेको उहाँको भनाइ छ । बच्चाको ५ बर्षसम्मको उमेरलाई विशेष ख्यालमा राख्दै पोषन सुरक्षा बढाउन बढी महत्त्वपूर्ण रहेको छ । तुलसीपुरमा बढी कुपोषण रहेको छ यस्लाई घटाउन हामी सबैले गम्भीर भएर सोच्न आवश्यक रहेको उहाँको भनाइ । साथै आगामी नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजित गर्न प्रतिबद्ध हुनुभयो ।

तुलसीपुर उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत केशराज पाण्डे, स्वास्थ्य विभाग प्रमुख ओम प्रकाश न्यौपाने, वेश संस्थाका कार्यकारी निर्देशक चुर्ण बहादुर चौधरी र तुलसीपुरका समाजिक विकास संयोजक मान बहादुर रावतले कुपोषणले बालबालिकाहरुको बौद्विक क्षमता प्रत्यक्ष असर पार्ने बताउनुभयो । कुपोषणलाई समेटने गरि नेपाल सरकारले ल्याएका निति तथा कार्यक्रमलाई प्रभाकारी कार्यान्वयन गर्न सकेमा कुपोषण राेगकाे न्युनिकरण गर्ना सक्ने उहाँहरुको भनाइ छ।

कार्यक्रमको सहजिकरण प्रमुख स्वास्थ्य निरिक्षक बिमल केसीले गर्नुभएको थियोे

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID