सहकारी सञ्जाल गढवाद्वारा लेखा परीक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

आलोक भावुक

गढवा,३ जेठ। “मर्यादित सहकारी: समुन्नत समाज” भन्ने नाराका साथ गढवा गाउँपालिका स्तरीय सहकारी सञ्जालको आयोजनामा गढवा गाउँपालिकाभित्रका सहकारी संस्थाका अध्यक्ष, व्यवस्थापक तथा लेखा संयोजकहरूका लागि एक दिवसीय लेखा परीक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सनिवार गढवामा सम्पन्न भएको छ।

गढवा गाउँपालिका स्तरीय सहकारी सञ्जालका अध्यक्ष बेगम बहादुर गहतराजको अध्यक्षता तथा गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि ओम प्रकाश बसेलले सहकारी संस्थाहरूको दिगो विकासका लागि पारदर्शिता, वित्तीय अनुशासन र लेखा परीक्षण अपरिहार्य रहेको बताउँदै भन्नुभयो, “सहकारीहरू केवल आर्थिक कारोबारका संस्था मात्र नभई सामाजिक परिवर्तनका माध्यम हुन्। लेखा परीक्षणमार्फत सहकारीहरूको विश्वसनीयता र जनविश्वास बढाउन सकिन्छ।-प्रमुख अतिथि बसेलले भन्नु भयो।”

सहकारी संस्थाहरूमा पारदर्शिता, जवाफदेहिता र सुशासन कायम राख्न लेखा परीक्षण प्रक्रियाको ज्ञान विस्तार गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको पालिका स्तरीय सहकारी सञ्जालक अध्यक्ष बेगम बहादुर गहतराजले जानकारी दिनुभयो। कार्यक्रमको उद्देश्य र महत्त्वबारे जानकारी दिँदै भन्नुभयो,सहकारी सञ्जालका अध्यक्ष बेगम बहादुर गहतराजले “गाउँपालिकाभित्रका सहकारी संस्थाहरूमा लेखा परीक्षण प्रति जागरूकता अभाव भएकाले यस किसिमको अभिमुखीकरणले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएको छु।”भन्नु भयो।

कार्यक्रममा प्रशिक्षकको रूपमा सीए गुरुएन एसोसिएसनका गुरु पोख्रेलले सहकारी लेखा परीक्षणसम्बन्धी महत्वपूर्ण प्रशिक्षण दिनुभएको थियो। कार्यक्रमको समन्वय गुरु एसोसिएट्स, बबरमहल, काठमाडौँले गरेको थियो।

गढवा गाउँपालिका स्तरीय सहकारी सञ्जालको आयोजना तथा गुरु एसोसिएट्स, बबरमहल, काठमाडौँको समन्वयमा एक दिवसीय लेखा परीक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो। एक दिने अभिमुखीकरण कार्यक्रममा गढवा गाउँपालिकाभित्रका सहकारी संस्थाहरूका अध्यक्ष, व्यवस्थापक तथा लेखा संयोजकहरू गरी करिब ७० जनाको सहभागिता रहेको थियो।

कार्यक्रम गढवा गाउँपालिकाको सभा हलमा सम्पन्न भएको थियो। सहभागीहरूले लेखा परीक्षण सम्बन्धी व्यावहारिक ज्ञान प्राप्त भएको भन्दै यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिनुपर्ने आवश्यकता औंल्याएका थिए।

चन्द्र नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सञ्जालका सचिव दामोदर ढुङ्गानाले गर्नुभएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID