गढवामा सीपमूलक तालिमको उद्घाटन, स्वरोजगारमुखी युवालाई प्राथमिकता

आलोक भावुक

गढवा,१ जेष्ठ । दाङ देउखुरीको गढवा गाउँपालिकामा सीपमूलक तालिमको विहिवार उद्घाटन गरिएको छ।

वैदेशिक रोजगार बोर्डको प्राविधिक सहयोगमा गढवा गाउँपालिका वडा नम्बर ६ मा आज एक कार्यक्रमबीच सीपमूलक तालिमको समुद्घाटन गरिएको छ। नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार बोर्ड सचिवालय, बबरमहल, काठमाडौंको सहयोगमा तालिम सुरु गरिएको हो।

कार्यक्रम अन्तर्गत किचन हेल्पर १६० घण्टा, गार्मेन्ट मेशिन अपरेटर १५७ घण्टा र रिटेल फिनिसर १६० घण्टा तालिम सञ्चालन गरिने छ। प्रत्येक तालिममा ४० जना सहभागी रहेका छन्।

तालिम प्रदान गर्ने संस्थाहरूमा वर्ल्ड लिंक टेक्निकल ट्रेनिङ्ग इ. प्रा. लि., युनाइटेड टेक्निकल ट्रेनिङ्ग एजुकेसन प्रा. लि. र मञ्जुश्री टेक्निकल ट्रेनिङ्ग इन्स्टिच्युट प्रा. लि. रहेका छन्।

गढवा गाउँपालिका वडा नं. ६ मा वैदेशिक रोजगार बोर्डको प्राविधिक सहयोगमा तीनवटा सीपमूलक तालिमको समुद्घाटन गरिएको हो।

कार्यक्रम ६ नम्बर वडा अध्यक्ष बिर बहादुर आले मगरको अध्यक्षता तथा गढवा गाउँपालिकाका अध्यक्ष यम नारायण शर्मा पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

समुद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोख्रेलले युवाहरुलउ रोजगार संग जोड्नका लागि सिप मुलक तालिम जिवन परीवर्तन गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनु भयो ।

त्यसैगरी वडा अध्यक्ष बिर बहादुर आले मगरले युवाहरूलाई सीप सिकेर स्वरोजगार बन्नु पर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “आजको युगमा सीप बिना रोजगारीको राम्रो अवसर प्राप्त गर्न सकिँदैन। सीप हासिल गरेपछि युवाहरूले देशमै बसेर आत्मनिर्भर बन्न सक्छन्।”

कार्यक्रममा स्वागत मन्तव्य राख्दै दिनामणी आचार्यले तालिमको आवश्यकता औंल्याउँदै भन्नुभयो, “हाल पनि गाउँका धेरै व्यक्तिहरूले आफ्ना कपडा बाहिर सिलाउन लैजाने गरेका छन्। यसले गाउँमै सीपयुक्त जनशक्तिको खाँचो देखाउँछ। कटाई सिलाई तालिम पश्चात कम्तीमा आफ्नो घरको कपडा आफै सिल्न सक्ने हुनुपर्छ। र गाउँघरको युवा पुस्ताले सिप सिकेर आत्मनिर्भरका लागि व्यवसायिक रुपमा उद्दम गर्नु पर्ने बताउनु भयो।

त्यस्तै, गढवा गाउँपालिका रोजगार शाखाका अशोक कुमार यादवले तालिम कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै भन्नुभयो, “यो तालिम वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई प्राथमिकतामा राखेर आयोजना गरिएको हो। तालिमपछि उहांहरूलाई स्वरोजगार वा रोजगारीमा समावेश पहिलो प्रथामिकतामा राखिनु पर्दछ ।”

कार्यक्रम नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार बोर्ड सचिवालय, काठमाडौंको प्राविधिक सहयोग तथा गढवा गाउँपालिकाको समन्वयमा सञ्चालन गरिएको हो।

कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधि, तालिम प्रदायक संस्था प्रतिनिधि, प्रशिक्षकहरू, सहभागीहरू तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमले गढवा गाउँपालिकामा सीप विकास र स्थानीय रोजगारीको अवसर विस्तार गर्ने विश्वास गरिएको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID