भारत-पाकिस्तान युद्ध र बाैद्धिक तप्काकाे टाटउल्ट्याई

विचार

चन्द्रिका

सत्ताले आज बौद्धिक र उन्मादीहरूलाई एउटै स्थानमा उभ्याएको छ।

युद्ध र आक्रमणबाट भइरहेका हत्याहरूमा बौद्धिकहरूको बधाई देख्दा उनीहरूको विवेकप्रति टिट लाग्छ। सायद उनीहरू कुनै भीडको हिस्सा बन्न चाहन्छन् या भइसकेका छन्। आज बौद्धिक र उन्मादीहरू एउटै सोचका साथ एउटै ठाउँमा उभिएका छन्। कुनै पनि सत्ताका लागि योभन्दा ठूलो सफलता के हुन सक्छ?

बौद्धिकहरूलाई यो अवस्थामा ल्याउन सत्तालाई समय लाग्यो, तर ऊ उनीहरूलाई यहाँसम्म ल्याउन सफल भयो। उसले उन्मादी र बौद्धिक दुवैका माँगलाई एउटै बनाइदियो। सायद पहिले पनि यस्तो थियो।

धारा ३७० र बाबरी मस्जिदको मामिलामा पनि उनीहरूको माँग उस्तै थियो। कोही मन्दिर निर्माणको मिति सोध्दै थिए, कोही राफेल उडानको मिति त कोही धारा ३७० हटाउने मिति। उनीहरूको ती सबै माँग यो सरकारले पूरा गर्‍यो। तर उनीहरू सीधै सरकारलाई बधाई दिन सकेनन्, किनकि उनीहरू विचारका आग्रहले बाँधिएका थिए। उनीहरूले आफूभित्र हेरेर सोध्न सकेनन् कि उनीहरूको माँगको वैचारिक आधार के थियो?

कुनै पनि प्रकारकाे आक्रमण वा युद्धको सन्दर्भमा जो खुसी छन्, त्यस्तो चेतनालाई टिट लाग्नुपर्छ। आफूमाथि भएको हमलामा दु:खी हुनु, त्यो दु:खलाई उन्मादमा बदल्नु र फेरि सत्तासँग अरू हत्याहरूको माँग गर्नु — यो सत्ताको चाहनालाई जनताको बोली बनाइदिने कार्य हो। हामी यही गरिरहेका छौं। हामी सत्ताहरूको इच्छालाई पूरा गरिरहेका छौं, ताकि तिनीहरूले आफ्ना राजनीतिक र आर्थिक स्वार्थहरू पूरा गर्न सकून्, आफ्ना गल्तीहरू ढाक्न सकून्।

ताकि उनीहरू यो लुकाउन सकून् कि सबैभन्दा पहिले धर्म सोधेर हत्या कसले सुरु गर्‍यो? खानाको नाम जाँचेर हत्या गर्न कसले सुरु गर्‍यो? सामान किनबेचमा धर्मको बोर्ड कसले लगाउन थालेको थियो? धर्मको आधारमा फेरीवालाका आधार कार्ड जाँच्न कहिले सुरु गरियो? चाडपर्वलाई धार्मिक घृणा र दंगासम्म कसले ल्यायो? यी सबै कुरा पहलगाम घटनाभन्दा धेरै अघिका हुन्। धर्म सोधेर हत्या गर्ने कुरा त पहिले नै सुरु भइसकेको थियो भारतमा। हामी त्यहीँ फर्किरहेका छौं — हिन्दू-मुसलमान, भारत-पाकिस्तान।

जबकि आज संसारभर शक्तिशाली सत्ताहरूले यत्रतत्र युद्ध थोपरेका छन्, जसको नतिजामा केवल आम जनताका लासहरू भेटिन्छन्। यो शताब्दीमा भोक र बेघरपन मात्रै बढेको छ। के यो तपाईंलाई लाजमर्दो लाग्दैन?

हथियार बेचिन्दै छन्, रोटी खोसिन्दै छन्। हरेक धर्म र राष्ट्रले धार्मिक उन्मादलाई बढावा दिइरहेका छन्। एउटा धर्मले अर्को धर्मलाई आतङ्कवादी वा उन्मादी प्रमाणित गर्न खोजिरहेको छ। जबकि हरेक धर्म र धार्मिक व्यक्तिले आफूलाई उत्कृष्ट साबित गर्ने विचार मात्र राख्छन्। घृणा धर्मभित्रै छ। धार्मिक हुनुको अर्थभित्रै छ।

यो झूट हो कि ‘धर्म कहिल्यै बैर गर्न सिखाउँदैन’। धर्मले नै सिकाउँछ — ‘हामी अरूभन्दा श्रेष्ठ हौं’ र ‘हामीले परायासँग बैर गर्नैपर्छ।’ संसारका सबैभन्दा धेरै धार्मिक युद्धहरू यही सोचमा आधारित छन्। संसारका अधिकांश हत्याहरू र घृणाहरू धर्मकै देन हुन्। धर्महरूले नै पृथ्वीमा सबैभन्दा धेरै मानिसको रगत बगाएका छन्।

हामी आक्रमणहरूमा लाज मान्नुपर्छ। हामी धर्महरूमा पनि लाज मान्नुपर्छ। हामीले यो शताब्दीमा भएका ती सबै क्रियाकलापमा लाज मान्नुपर्छ, जसले मानिसलाई मानिससँग लडाइरहेको छ। सत्तालाई हत्या गर्नबाट रोक्नुपर्छ, उक्साउने होइन।

हत्यामा खुशी मनाउनु हुँदैन।

यदि तपाईं हत्याका लागि बधाई दिनुहुन्छ भने, तपाईंले बुझ्नुपर्छ — सबै हत्याराहरूको आ-आफ्नो उद्देश्य हुन्छ। कोही धर्मको लागि लडिरहेको हुन्छ, कोही राष्ट्रको लागि। मर्ने पनि यिनै हुनेछन्, मारिने पनि यिनै।

हरेक हत्यामा कोही शोक मनाउने हुन्छन्, कोही जश्न मनाउने।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID