गढवा गाउँपालिकामा कपडा बैंकको शुभारम्भ, ‘हुनेले दिने – नहुनेले लिने

आलोक भावुक

गढवा, २४ बैशाख । दाङको देउखुरी स्थित गढवा गाउँपालिकामा कपडा बैंकको शुभारम्भ गरिएको छ। गढवा गाउँपालिका र कपडा बैंक बीचको लागत साझेदारीमा स्थापना गरिएको उक्त बैंकको उद्घाटन गढवा गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोखरेलले एक समारोहका बीच गर्नुभएको हो।

कपडा बैंक शुभारम्भ कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोखरेलले कपडा बैंकको स्थापनाले प्रयोगमा नआएका कपडाहरू पुनः उपयोग गर्न मद्दत पुग्ने र यसले असहाय तथा विपन्न नागरिकहरूलाई सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो। साथै, अनुपयोगी वस्तुहरूलाई सदुपयोग गर्न नजान्दा आर्थिक उन्नति प्रभावित भएको उल्लेख गर्दै उहांलेले यस प्रकारको पहल समाजका लागि महत्वपूर्ण हुने बताउनु भयो । गढवा गाउँपालिकामा स्थापना भएको कपडा बैंकलाई सफल पार्नका लागि सम्पूर्ण गडुवा गाउँपालिका बासीको साथ सहयोग अपरिहार्य रहेको पालिका अध्यक्ष पोखरेलले बताउनुभयो। घरमा राखिएको पुराना तथा नयाँ प्रयोग नगर्ने खालका कपडाहरू कपडा बैंकमा जम्मा गर्ने र प्रशोधन पश्चात गढवा गाउँपालिकाभरि आवश्यकता अनुसारको वितरण गर्ने कार्यक्रम रहेको बताउनुभयो। बिपद् आगलागी जस्ता समयमा कपडा बैंकले ठूलो सहयोग गर्ने अपेक्षा पालिकाको रहेको बताउनुभयो।

गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले पनि यो अभियानले विपन्न नागरिकहरूलाई सहज बनाउने बताउँदै अन्य क्षेत्रहरूमा समेत यस्तो पहल आवश्यक रहेको औंल्याउनु भयो।

कपडा बैंकका अध्यक्ष कमला जिसीका अनुसार, “आफ्नो घर, टोल, समाज सफा राखौं – कोही पनि कपडा विहीन नरहोस्” भन्ने मूल मन्त्रका साथ कपडा बैंकको स्थापना गरिएको हो। उहांले प्रयोगमा नआएका कपडाहरू प्रशोधन गरी आवश्यक व्यक्तिहरूलाई निःशुल्क वितरण गर्ने जानकारी दिनुभयो।

आफ्नो घर टोल र समाजलाई सफा राख्नु कोही कपडा बिहिन नरहुन् भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै पुण्यकार्यमा सहभागी बनौं भन्ने मूल मन्त्रका साथ क्लोथ एण्ड फुड ब्यांक नेपाल ले प्रयोगमा नआएको प्रयोगजन्य सामग्री पुनः प्रशोधन गरेर आवश्यक पर्नेलाई निःशुल्क वितरण गर्ने कार्यक्रम अन्तर्गत दाङ देउखुरीको गढवा गाउँपालिकासँग सहकार्य गरेर कपडा बैंक सञ्चालनमा ल्याएको हो।

२०७८ सालमा स्थापना भएको कपडा बैंक हाल देशभरका १५७ भन्दा बढी स्थानीय तहमा विस्तार भइसकेको छ। कपडा बैंकका संरक्षकमा महानायक राजेश हमाल रहनु भएको छ।

कार्यक्रममा जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि,पत्रकार तथा स्थानीय नागरिकहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका प्रशासन शाखा प्रमुख पुनाराम शर्माले गर्नुभएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID