आयम बहुउद्देश्यीय सहकारी संस्था गढवाको आफ्नै भवन सञ्चालनमा

आलोक भावुक

गढवा, २४ वैशाख । गढवा गाउँपालिका–७ मा अवस्थित आयम बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नै नवनिर्मित सुविधा सम्पन्न भवनबाट सेवा सञ्चालन सुरु गरेको छ।

लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री इन्द्रजित थारुले एक विशेष समारोहका बीच उक्त भवनको उद्घाटन गर्नुभयो।

आयाम बहुद्देश्यीय सहकारी संस्था लिमिटेड गढवाका अध्यक्ष ओम प्रकाश बसेलको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री इन्द्रजित थारुको प्रमुख आतिथ्यमा तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको विशिष्ट आतिथ्यमा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो।

आयाम बहुद्देश्यीय सहकारी संस्था लिमिटेड गढवाका अध्यक्ष ओम प्रकाश बसेलका अनुसार, करिब २८ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको भवन एक कट्ठा भन्दा बढी क्षेत्रफलमा फैलिएको छ। ६ कोठा रहेको पक्की संरचना सम्पन्न भएपछि सेवाग्राहीहरुलाई सेवा प्रदान गर्न थप सहज भएको अध्यक्ष बसेलले जानकारी दिनुभयो।

उद्घाटन समारोहमा स्थानीय बासिन्दा, सहकारीका पदाधिकारी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सहकारीले नयाँ संरचनाबाट वित्तीय सेवा तथा अन्य सहकारी कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्ने अपेक्षा गरिएको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID