गुरुङखोलाकी ८ वर्षीया अनुसा घर्ती मगरको उपचारका लागि सहयोग गर्न आमाको सबैमा अनुरोध 

गणतन्त्रनेपाल समाचारदाता

गढवा,२३ वैशाख। राजपुर गाउँपालिका वडा नम्बर १ गुरुङखोलाकी ८ वर्षीया अनुसा घर्ती मगर विगत तीन वर्षदेखि भाँचिएको खुट्टाको पीडाबाट ग्रसित छिन्। प्रारम्भिक उपचार गरिए पनि आर्थिक अभावका कारण थप उपचार सम्भव नभएपछि अहिले उनको खुट्टाको दुबै साइडबाट पिप बग्न थालेको छ। अवस्था दिन प्रतिदिन गम्भीर बन्दै गएको छ।

अनुसाकी आमा कमला घर्ती मगर आर्थिक रूपमा अति कमजोर परिवारकी सदस्य हुन्। श्रीमान् रोजगारको सिलसिलामा भारतमा हुनुहुन्छ, र छोरीको उपचार गर्दा लागेको ऋण तिर्न अहिलेसम्म उतै बसिरहनु भएको छ। कमला अहिले आफ्नी छोरीसहित माइतीमै बस्दै आउनु भएको छ र छोरीको दिन दिनै स्वास्थ्य अवस्थाका कारण अत्यन्तै चिन्तित हुनुहुन्छ।

कमलाले “म सानोतिनो उपचार त गरें, तर अहिले अवस्था मेरो बसको छैन। छोरीको खुट्टा दिनदिनै सड्दै गएको छ, सबैसँग सहयोगको हार्दिक अनुरोध गर्दछु” भन्दै भावुक अपील गर्नुभयो।

अनुसा घर्ती मगरको उपचारका लागि तपाईंको सानो सहयोगले ठूलो आशा दिन सक्छ।

सहयोग गर्न इच्छुक महानुभावहरूका लागि विवरण:

Bank: Kumari Bank Ltd.

Branch: Gadhawa

Account Name: Kamala Gharti Magar

Account Number: ‪1490334228400001‬

Mobile Banking Number : ‪9762041269‬

यो अभियान गढवा गाउँपालिका प्रेस संयोजक तथा पत्रकार आलोक भावुकको पहलमा सञ्चालन गरिएको हो। उहाँले यसअघि पनि जीवन रक्षाका लागि थुप्रै सामाजिक अभियानों सफलतापूर्वक सञ्चालन गरिसक्नु भएको छ।

सहयोग तथा जानकारीका लागि सम्पर्क: आलोक भावुक: ‪9823575208‬ / ‪9748711740‬ हामी सबैको सानो प्रयासले अनुसाको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ। कृपया सकेको सहयोग गरौं।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID