गढवा गाउँपालिकामा थाकलको पातबाट सजावट सामग्री बनाउने तालिम सुरु

आलोक भावुक

गढवा,२२ वैशाख । गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा गढवा गाउँपालिका वडा नम्बर ४ मा आदिवासी जनजातिका महिलाहरूलाई लक्षित गर्दै थाकलको पातबाट सजावटका सामग्री बनाउने स्तर उन्नति तालिम शनिबारदेखि गढवा गाउँपालिका वडा नम्बर ४ मा सुरु भएको छ।

गढवा गाउँपालिका गाउँकार्यपालिका सदस्य रमा भण्डारीको अध्यक्षता तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीको प्रमुख आतिथ्यमा तालिमको उद्घाटन भएको हो।

तालिम सदस्य रमा भण्डारीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीले सीपमूलक तालिमले महिलाहरूको आत्मनिर्भरता र रोजगारीमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

 

तालिममा सहभागी महिलाहरूलाई थाकलको पात प्रयोग गरी विभिन्न सजावटी सामग्री निर्माण गर्ने तरिका, प्रयोगशिल अभ्यास तथा बजार व्यवस्थापनका सीप प्रदान गरिने बताईएको छ। तालिमले आदिवासी समुदायभित्र लुकेको परम्परागत सीपलाई आधुनिक बजारसँग जोड्न सकिने अपेक्षा गरिएको छ।

कार्यक्रममा गढवा गाउँपालिका लेखा समिति संयोजक आशा राम चौधरी, ४ नम्बर लडा सदस्य कौशिल्यादेवी बिश्वकर्मा लगायतकाको सहभागिता रहेको थियो भने तालिमको प्रशिक्षकमा श्रीकुमारी चौधरी रहनु भएको थियो। कार्यक्रममा स्थानीय प्रतिनिधि, समुदायका अगुवा तथा सहभागी महिलाहरूको उपस्थिति रहेको थियो।कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले गर्नु भएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID