डेङ्गु, दादुरा जस्ता महामारी सम्बन्धी गढवामा सचेतनामूलक कार्यक्रम सम्पन्न

आलोक भावुक

गढवा,१५ वैशाख। डेङ्गु दादुरा जस्ता महामारी सम्बन्धी सचेतनामूलक कार्यक्रम आइतबार गढवा गाउँपालिका वडा नम्बर ६ कुमाल गाउँमा सम्पन्न भएको छ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा सभापति उमाकान्त पन्तको अध्यक्षता तथा गढवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष वीरबहादुर आले मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।

सचेतनामूलक कार्यक्रममा गढवा स्वास्थ्य चौकीका प्रमुख सूर्य नारायण यादवले डेङ्गु दादुरा जस्ता महामारी सम्बन्धी विषयवस्तुको बारेमा जानकारी गराउनुभएको थियो। डेङ्गु लक्षणहरू,बच्ने उपायहरु, सावधानी,औषधीको प्रयोग लगायत विभिन्न विषयवस्तुको बारेमा प्रकाश पार्नुभएको थियो।

गढवा गाउँपालिका वडा नम्बर ६ को आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवाको आयोजनामा नेपाल रेड क्रस सोसाइटी उपशाखा गढवाले ६ नम्बर वडाको तीन स्थानमा सचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ।

गडवा गाउँपालिका वडा नम्बर ६ ले आर्थिक वर्ष २०८१/८२ मा विनियोजित ५० हजार रुपैयाँमा रेडक्रस उपशाखा गढवाले साझेदारी गरेर गढवा गाउँपालिकाको तीन छुट्टाछुट्टै ‌सशथानमा सचेतनामूलक कार्यक्रम गर्न लागेको नेपाल रेड क्रस सोसाइटी उपशाखा गढवाका सभापति उमाकान्त पन्तले जानकारी दिनुभयो।

बजारमुखी कार्यक्रमलाई अन्त्य गर्दै गाउँ टोल बस्तीमा सचेतनामूलक कार्यक्रम गर्ने योजनाका साथ नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवाले गढवाको कुमाल गाउँ ,बाला खुट्टी र मनिकापुरमा कार्यक्रम गर्ने सभापति पन्तले जानकारी दिनुभयो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गडवा गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष वीरबहादुर आली मगरले स्वस्थ जीवन बिना समाजको विकास सम्भव नहुने भन्दै सबैभन्दा पहिले सम्पूर्ण मानव जीवन स्वस्थ हुन आवश्यक रहेको बताउनुभयो। गर्मी बढेसँगै बरसातको समय पनि आइरहेको हुनाले डेङ्गु जस्ता महामारीले वर्षेनी कैयौँको ज्यान जाने हुनाले ६ नम्बर वडाले गाउँ बस्तीमा सचेतनामूलक कार्यक्रम गर्नका लागि बजेट विनियोजन गरेको बताउनुभयो।

सचेतनामूलक कार्यक्रममा गढवा उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओम प्रकाश बस्याल, देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गढवाकी अध्यक्ष ओभा पाठक लगायतकाले शुभकामना मन्तव्य दिनुभएको थियो।

कार्यक्रममा गढवा गाउँपालिका स्वास्थ्य शाखा उप‌प्रमुख द्रोपदा सुबेदी, वन तथा वातावरण संरक्षण समन्वय समिति गढवाकी अध्यक्ष पुष्पा यादव ,इलाका प्रहरी कार्यालय गढवाका प्रहरी सहायक निरीक्षक रेवती प्रसाद चौधरी,पत्रकार तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवाका सल्लाहकार शिवराज पन्थी, रेडियो साझा आवाजका प्रबन्ध निर्देशक दुखरण यादव,६ नम्बर वडाका महिला स्वास्थ्य स्वयंसेविका र स्थानीयहरूको सहभागिता रहेको थियो।

नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवाकी उपसभापति रुमा अर्यालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवाका सचिव तथा गढवा गाउँपालिका प्रेस संयोजक आलोक भावुकले गर्नुभएको थियो।

मा प्रकाशित