साहित्यिक रसपानसहित जेसिज सप्ताह समापन हुने छैठौं दिनको कार्यक्रम सम्पन्न

गणतन्त्र नेपाल डटकम

घोराही, १२ बैशाख  ।जेसिज सप्ताह २०२५ अन्तर्गत जेसीज त्रिभुवननगरद्वारा आयोजित “जेसिज सप्ताह समापन कार्यक्रम शनिबार घोराहीको बाहुकुने दहमा हुने भएको छ । साहित्यिक रसपानसहित जेसिज सप्ताह समापन कार्यक्रम आयोजना गर्न लागिएको त्रिभुवन नगर जेसिज वर्ष २०२५ का अध्यक्ष टंकबहादुर रावतले जानकारी दिनुभएको छ ।

कार्यक्रममा डाक्टर कृष्णराज डिसी, डा. लोकराज पराजुली, दीपक शर्मा समिर, प्रकाश केसी, यमन रेग्मी, सन्ध्या रेग्मी, हरिप्रसाद पौडेल, मनिसा गिरी, श्रवण नेपाली, विक्रम वली ‘नेपाली बाबु’, मनोज थापा मगर लगायतका साहित्यकारहरूको उपस्थिति रहने सप्ताह मुल समिती संयोजक बाबुराम पाण्डेले जानकारी दिनुभएको छ । उनीहरूले आफ्नो साहित्यिक प्रस्तुति मार्फत कार्यक्रमलाई थप आकर्षक बनाउनेछन् ।

जेसिज सप्ताहको समापनसहित दीर्घकालीन परियोजनाहरूको प्रभाव र प्रभावकारितालाई उजागर गर्न आयोजित यस कार्यक्रमले सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको सप्ताह मुल समिती संयोजक पाण्डेले जानकारी बताउनुभयो ।

छैठौं दिनको कार्यक्रम सम्पन्न जेसीज सप्ताह २०८२ अन्तर्गत छैठौं दिन त्रिभुवननगर जेसीजद्वारा आयोजित Mentor–Mentee Program सम्पन्न भएको छ।

कार्यक्रमको प्रमुख आक्रषणका रुपमा जेसीआई सिनेटर मनोज बुढाथोकी रहनुभएको थियो । उहाँले आफ्नो दीर्घ व्यवसायिक अनुभव र जेसीज यात्राका प्रेरणादायी पक्षहरू कार्यक्रम सहभागीहरूसँग सुनाउनुभएको थियो ।

कार्यक्रममा त्रिभुवननगर जेसीजका पूर्व अध्यक्षज्यूहरू, वर्तमान बोर्ड पदाधिकारीहरू, साधारण सदस्यहरू, दाङ महिला जेसीजकी संस्थापक अध्यक्ष निर्मला गौतम, विभिन्न शाखाका अध्यक्ष तथा पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संयोजकको भूमिकामा जेसी रण बहादुर खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जेसीज सप्ताह कार्यक्रमका मूल संयोजक बाबुराम पाण्डेयले सप्ताहका गतिविधिबारे प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सहजीकरण महासचिव कृष्णदेव थापा मगरले गर्नुभएको थियो ॥

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID