२९ वर्षीया युवती बलात्कृत, २१ वर्षीय युवक पक्राउ

गणतन्त्र नेपाल डटकम

धनगढी,११ । कैलालीमा युवतीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

बर्दगोरिया गाउँपालिका–३ झाल बस्ने २१ वर्षीया युवतीलाई जबरजस्तीकरणी गरेको आरोपमा सोही ठाउँका २१ वर्षीय सन्जु दमाइलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले बुधबार युवतीमाथि जबरजस्तीकरणी गरेको उजुरीका आधारमा दमाइलाई पक्राउ गरिएको जानकारी दिए। उनले युवतीकै घरको माथिल्लो तलामा जबरजस्तीकरणी गरेको आरोप लागेको छ।

दमाइलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID