गढवाको मावि चैनपुरमा दुई कोठे भवन तथा शौचालय उद्घाटन

आलोक भावुक

गढवा, १० बैशाख । माध्यमिक विद्यालय चैनपुरमा क्रियटिङ पोसिबिलिटीज नेपालको सहयोगमा निर्माण गरिएको दुई कोठे नयाँ भवन तथा मर्मत गरिएको शौचालयको उद्घाटन तथा हस्तान्तरण कार्यक्रम बुधबार भव्य रूपमा सम्पन्न भएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष द्वारिका प्रसाद यादवको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोखरेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका ५ नम्बर वडा अध्यक्ष लेखबहादुर थापाको विशिष्ट अतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा सिपी नेपालका निर्देशक दिनेशराज सापकोटा,

सरिता चौधरी, दीपा चौधरी, हेमराज शर्मा, श्याम चौधरी, रिया चौधरी, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारी, सल्लाहकार, साथै विद्यालयका शिक्षक तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

शिक्षक मेघराज यादवको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका प्रधानाध्यापक हिमाल प्रकाश अधिकारीले गर्नु भएको थियो।

स्थानीय तह, विद्यालय तथा सामाजिक संस्थाको सहकार्यमा सम्पन्न यो कार्यले सिकाइको वातावरणलाई थप प्रभावकारी बनाउने विश्वास लिइएको छ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID