
तुलसीपुर, ८ बैशाख । दाङको तुलसीपुरमा आजगाेली चलेकाे छ । नेपाल रेडक्रस साेसाईटी जिल्ला शाखा दाङका पुर्व अध्यक्ष नारायण आचार्यको गोली प्रहारबाट मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका –७ मोतिपुर निवासी ८३ वर्षका आचार्यको घरमै गोली प्रहारबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी अनिल ठकुरीले जानकारी दिनुभएकाे थयो । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।
आचार्य लामो समयसम्म नेपाल रेडक्रस साेसाईटी जिल्ला शाखा दाङको सभापती भएर काम गर्नुभएको थियो । प्रहरीलाई दिउसो २ बजे खबर पुगको थियो । हतियार कोठाभित्रै रहेको प्रहरीले जनाएको छ ।
मा प्रकाशित
