भारतिय पर्यटकको गाडी दाङको चिसापानीमा दुर्घटना,२५ घाईते,६ को अवस्था गम्भिर

शिवराज पन्थी/ आलोक भावुक

गढवा ५ बैशाख । लमही–कोइलाबास सडकखण्डको चिसापानीमा सुक्रवार बस दुर्छटना हुँदा चालक सहित २५ जना भारतिय नागरिकहरु घाईते भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । युपि ३२ एम एन ९५६६ नम्बरको फोर्स बसको ब्रेक फेल भएपछि भित्तामा ठोकाएर ठूलो दुर्घटना हुनबाट चालकले बचाएको प्रहरीले जनाएको छ ।
बस दुर्घटना हुँदा भारतको लखनऊ बाट नेपालको पोखरा घुम्न भनी आएका २५ जना यात्रुहरु घाईते भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गढवाको प्रहरी टोलीद्धारा दुर्घटना स्थलमा पुगेर घाईतेहरुलाई उद्दार गरि एम्बुलेन्स मार्फत गढवा स्वास्थ्य चौकीमा पठाइएको प्रहरी निरिक्षक कालिका कार्कीले जानकारी दिनुभयो । सबै घाईतेहरुको गढवा स्वास्थ्य चौकीमा प्रारम्भीक उपचार पश्चात् निजका आफन्तहरुको चाहाना बमोजिम भारतको तुलसीपुर स्थित सरकारी हस्पिटलमा रिफर गरिएको बताइएको छ ।
घाईते हुनेहरुमा भारतको लखनऊ घर बताउने दुर्गेश मिश्र, असुतोष तिवारी, अन्जन श्रीवास्तव, अनिल श्रीवास्तव, प्रेम चन्द पौथा, लल्लन यादव, अतुल शुक्ला, सचिदन चन्द सिंह, राहुल त्रिपाठी, अभिषेक तिवारी, सतिश बर्मा, आदिप्त प्रकाश शुक्ला, दिनेश यादव, अरविन कुमार, राहुल तिवारी, आदित्य श्रीवास्तव, चालक अहमद इलियाद, सहचालक अब्दुल शुक्ला, रवि कुमार श्रीवास्तव, मनोज बर्मा, अविनास मिश्र, शरद पाण्डे, आदित्य बराल शुक्ला र बिवेक त्रिवेदी रहेको गढवा स्वास्थ्य चौकीका प्रमुख सूर्यनारायण यादवले जानकारी दिनुभयो।

घाईतेहरु मध्ये ३ जनाको अवस्था गंभिर रहेको गढवा स्वास्थ्य चौकीले जनाएको छ । अन्य धेरै जनालाई टाउको, हात, खुट्टा र शरिरमा चोट लागेको बताइएको छ । यो समाचार तयार पार्दा सम्म वस चालक अहमद इलियाद इप्रका गढवाको नियन्त्रणमा रहेका छन् । घाईतेहरु सबैलाई भारतको तुलसीपुरमा नेपाली एम्बुलेन्स मार्फत उपचारका लागि लगिएको छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID