
गढवा,५ बैशाख । दाङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।
भारतको लखनउबाट पोखरा भ्रमणका लागि जाँदै गरेको युपी ३२ एमएन ९५६६ नम्बरको भारतीय गाडी शुक्रबार बिहान गढवा गाउँपालिका वडा नम्बर ५ चिसापानीमा दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । घाईते हुनेहरुमा सबै पुरुष रहेका छन् ।
घटनास्थलमा पुगेर प्रहरीले उद्दार कार्य गरिरहेको छ । घाइतेमध्ये चोट लागेका चार जनालाई उद्दार गरी अस्पतालतर्फ लगिएको प्रत्यक्षदर्शी पंकज कशौधनले जानकारी दिनुभयो ।
घाइतेको उद्धार हुने क्रम जारी रहेको छ । बस दुर्घटनाको कारण खुलेको छैन । घटनाबारे थप विवरण आउन बाँकी रहेको ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।
मा प्रकाशित
