संघीय सांसद शर्माद्वारा घरमै पुगेर रानालाई श्रद्धाञ्जली 

आलोक भावुक

गढवा,२ वैशाख । संघीय सांसद नारायणी शर्मा प्रतीक्षाले नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र गढवा गाउँपालिका वडा नम्बर ६ वडा कमिटी का अध्यक्ष मोहन रानाको ममतामयी आमा प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक संवेदना व्यक्त गर्नुभएको छ।

संघीय सांसद शर्माले रानाको निवासमै पुगेर श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको हो। वडा कमिटी अध्यक्ष मोहन रानाको ममतामयी आमा ७५ वर्षीय लक्ष्मी रानाको उच्च रक्तचापका कारण चैत्र २९ गते निधन भएको थियो।

श्रद्धाञ्जली दिन संघीय सांसद शर्मासँगै गढवा गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष वीरबहादुर आलेमगर, पत्रकार तथा साहित्यकार आस्था केसी,नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र गढवा गाउँपालिका कमिटीका अध्यक्ष तिलक घिमिरे,सचिव देवराज यादव त्यसैगरी वडा कमिटीका सदस्यहरू लगायतले उहाँको निवासमा पुगी श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID