दाङकाे होटल पौवा भालुवाङमा नयाँ वर्ष २०८२ साँझ हुँदै, अस्मिता अधिकारी र महेश काफ्लेको प्रस्तुति रहने

सन्तोष कुमार गुप्ता

दाङ ३० चैत । नयाँ बर्ष २०८२ काे अवसरमा दाङ-देउखुरीकाे हाेटेल पाैवा भालुवाङले राष्ट्रिय तथा स्थानीय कलाकारहरू सहितकाे सांस्कृतिक प्रस्तुति सहित कार्यक्रम गर्न लागेकाे छ । नेपालीहरुको विभिन्न चाडपर्वलाई विशेष बनाउँदै आएको पौवाले नेपालीहरुको नयाँ वर्षको स्वागत गर्ने विशेष कार्यक्रम गर्न गईरहेको हाे ।

नयाँ वर्षलाई विशेष पर्वका रुपमा मनाउने लक्ष्यका साथ लुम्बिनी प्रदेशको राजधानीस्थल भालुवाङमा रहेको होटल पौवाबाट नयाँ वर्षको पूर्वसंध्यामा विविध सांगितिक कार्यक्रम गर्न लागेकाे हाेटेल पाैवा भालुवाङले जनाएकाे छ । पौवाले नेपालीहरुले वर्षौंदेखि मनाउँदै आएको चैत्र मसान्तमा पुरानो साललाई विदाई र नयाँ सालको स्वागत गर्ने गरी कार्यक्रम तय गरिएको छ ।

नयाँ वर्ष २०८२ को शुभारम्भका अवसरमा होटलले चैत्र ३१ गते साँझ ७ बजेदेखि १२ बजेसम्म बृहत सांस्कृतिक कार्यक्रम गर्ने होटल पौवा भालुवाङका म्यानेजर श्याम न्यौपानेले जानकारी दिए । कार्यक्रममा चर्चित गायिका अस्मिता अधिकारी र चर्चित गायक महेश काफ्लेको विशेष प्रस्तति रहने न्यौपानेले बताए । उक्त बृहत सांस्कृतिक कार्यक्रम गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले सँगै सुमन श्रेष्ठ, थारु संस्कृती झल्किने नृत्य तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ । कार्यक्रममा प्रवेश निःशुल्क रहेको होटलले जानकारी दिएको छ ।

‘जहाँबाट आतिथ्यताको सुरुवात हुन्छ’ भन्ने मूल नारा सहित नेपाली आतिथ्य सहितको सेवा दिने उद्देश्यले देशभर शाखा विस्तारमा गरिरहेको पौवाले नयाँ वर्षको अवसरमा होटल पौवाका अन्य शाखामा पनि साँस्कृतिक कार्यक्रम आयोजना हुने होटल पौवा प्रालिका प्रमुख सञ्चालक अधिकृत कृष्ण गौतमले जानकारी दिए । भालुवाङसँगै रुपन्देहीको बुटवल र भैरहवा, दाङ घोराही र नवरपुरको गैडाकोटमा रहेका शाखामा पनि ३१ गते नै सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको गौतमले बताए । निकट भविष्यमै एक सय शाखा बनाउने लक्ष्य लिएको होटल पौवाको अहिले देशभर १७ शाखा रहेको उनले जानकारी दिए ।

होटल पौवाको शाखाहरु कर्णाली प्रदेशको जुम्ला, सुदूरपश्चिमको धनगढी, लुम्बिनी प्रदेशमा दाङको भालुवाङ, घोराही र लमही, कपिलवस्तुको गोरुसिंगे, रुपन्देहीको योगीकुटी, भैरहवाको चिल्ड्रेन पार्क, पाल्पाको तानसेन, गुल्मीको रेसुंगामा रहेको छ । गण्डकी प्रदेशको पोखरा र नवलपुरमा होटलले शाखा विस्तार गरिसकेको छ । बागमती प्रदेशमा काठमाडौंको गौशाला, सिन्धुलीको मुलकोट र चितवनको भरतपुरमा पौवाको शाखा छ । कोशी प्रदेशमा खोटाङको हलेसीमा यसले सेवा विस्तार गरेको छ । छिट्टै बाँकेको नेपालगन्जमा पाँच तारे स्तरको होटल पौवा सञ्चालनको तयारीमा रहेको अधिकृत गौतमले बताए ।

होटल पौवाले नेपाल मै रोजगारी सिर्जना गरी युवा जनशक्ति पलायन रोक्ने लक्ष्य लिएर अघि बढेको अधिकृत गौतमले सुनाए । होटलको अर्को उद्देश्य भनेको रैथाने खाना र नेपाली मौलिक परम्परा जोगाउनु रहेको उनले बताए । सोही अनुरुप होटलले नेपालीहरुले परम्परादेखि मनाउँदै आएको चाडपर्वमा विशेष कार्यक्रम गर्दै आएको छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID