
गढवा,२९ चैत्र। गढुवा गाउँपालिकाले युवाहरूलाई व्यवसायिक उत्पादनमा जोड्नका लागि युवा उद्यमशीलता विकास तालिम दिन सुरु गरेको छ।
गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोग र ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको समन्वयमा गढवा गाउँपालिकामा सञ्चालन भइरहेको साना किसान तथा युवा उद्यमशीलता विकास साझेदारी कार्यक्रम भोकालाई एक छाक भोजन होइन जिउने जुक्ति दिउँ भन्ने मूल नाराका साथ सञ्चालन भइरहेको भिटा परियोजना मार्फत गढवाका पशुपालन तथा कृषि क्षेत्रमा लागेका किसानहरूको जीवन स्तर उकास्नका लागि व्यवसायिक रुपमा उत्पादनमख जोड दिन गढवा गाउँपालिकाले महिला उद्यमीहरुसँगै युवा उद्यमशीलता विकास तालिम गढवाका युवाहरूलाई दिन सुरु गरेको हो।
नमूना उद्यमि महिला समूह गढवा-६ लाई ३ दिने युवा उद्द्यमशिलता तालिम सुरु भएको छ । तालिममा युवा समूहका सदस्यहरूलाई व्यवसायिक रुपमा उत्पादन गर्न, पशुपालन गर्न र कृषि उत्पादनमा जोड दिन लगायतको बारेमा विशेष जोड दिइनेछ। सहज बजारीकरणको व्यवस्थापन नहुँदा युवाहरू विदेश पलायन हुने कृषि उत्पादनमा ह्रास हुने र व्यवसायिक उत्पादनमा कमी देखिएको कृषकहरु बताउँछन्। स्थानीय सरकारले बजारीकरणको व्यवस्थापन दिए आफूहरू कृषि र पशुपालनमा व्यावसायिक रूपमा काम गर्ने बताएका छन्।
कार्यक्रममा बोल्दै कार्यवाहक अध्यक्ष तथा प्रमुख अतिथि गोविन्द रोका मगरले किसानहरूलाई उत्पादन गरेको कृषिजन्य तथा तथा पशुजन्य उत्पादनको बजारीकरणको ग्यारेन्टी स्थानीय सरकारले लिने बताउनुभयो। तपाईँहरू उत्पादन गर्नुस् हामी बजारीकरणको लागि सहजीकरण गर्नेछौँ। बजारीकरणको समस्या पर्न दिने छैनौँ। कार्यवाहक वडा अध्यक्ष गोविन्दा रोका मगरले भन्नुभयो।
पालिकाले हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोग र ग्रामीण महिला उत्थान केन्द्रको सहजीकरणमा कृषिजन्य उत्पादनको बजारीकरण त्यसैगरी पशुपालन क्षेत्रमा खसीबोकाको सामूहिक बजारीकरण निरन्तर गरिराखेको छ भने दुग्ध उत्पादक किसानहरूको सहजताका लागि दुग्ध सङ्कलन तथा बिक्री केन्द्र स्थापना भइसकेको र केहीदिनमै सञ्चालन हुने गढवा गाउँपालिका भिटा परियोजना संयोजक बसन्त कुमार शर्माले जानकारी दिनुभयो।
नमूना उद्यमि महिला समूहका अध्यक्ष तिला पन्थिको अध्यक्षता तथा ६ नम्बर वडाका कार्यवाहक अध्यक्ष गोबिन्द रोकाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
तिनदिने तालिमको प्रशिक्षण हेफर इन्टरनेशनलका हिमाल खड्का, बिस्णु घिमिरे र भिटा परियोजनाका कार्यक्रम संयोजक वसन्त कुमार शर्माले दिनुहुने छ । कार्यक्रमको सहजिकरण भिटा परियोजना ६ नम्बरका सामाजिक परिचालक आशा श्रेष्ठले गर्नु भएको थियो ।
