गढवा उवासंघकाे नयाँ भित्तेपात्राे बिमाेचन तथा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

आलोक भावुक

गढवा, २५ चैत्र। गढवा उद्योग बाणिज्य संघको आयोजनामा नव बर्ष- २०८२ को सुभकामना आदान- प्रदान तथा क्यालेन्डर बिमोचन कार्यक्रम सोमबार उद्योग वाणिज्य सङ्घको सभाहलमा सम्पन्न भएको छ ।

संघका अध्यक्ष ओम प्रकाश बस्यालको अध्यक्षता तथा गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका ६ नम्बर वडाध्यक्ष वीरबहादुर आले मगर र दाङ जिल्ला उद्योग वाणिज्य सङ्घका उद्योग उपाध्यक्ष ध्रुवकुमार गहतराजको विशिष्ट अतिथ्यमा शुभकामना आदानप्रदान तथा वित्तीय पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको हो।

संघले प्रकाशन गरेकाे नयाँ बर्ष २०८२ काे भित्तेपात्राे बिमाेचन गरिएकाे हाे । संघले गढवा गाउँपालिकाको पर्यटकीय क्षेत्र, धार्मिक एतिहासिक मठमन्दिर, आफ्नाे गतिबिधि सहित समावेश गरेकाे तीन पेजकाे ठुलाे आकारमा रहेकाे भित्ते पात्राे प्रकाशन गरी बिमाेचन गरिएकाे हाे । संघले गत बर्ष जस्तै यस बर्ष पनि संघमा आवद्ध सम्पूर्ण व्यापारी, विज्ञापनदाता तथा अन्य संघसंस्था तथा कार्यालयहरूलाई निशुल्क रूपमा भित्तेपात्राे उपलब्ध गराउने जनाएकाे छ । भित्तेपात्राेले संघकाे गढवा र राजपुर गाउँपालिकाको विभिन्न पर्यटकीय क्षेत्रको प्रचारप्रसार आमनागरिक सम्म पुग्ने र संघकाे प्रचारप्रसार हुने विश्वास गरिएकाे छ ।

कार्यक्रममा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी, ६ नम्बर वडा अध्यक्ष वीर बहादुर आले मगर, ६ नम्बर वडाका वडा सदस्य दिनामणी आचार्य,उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष युवराज पोख्रेल,दाङ जिल्ला उद्योग वाणिज्य सङ्घका उद्योग उपाध्यक्ष ध्रुवकुमार गहतराज, उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष खिमबहादुर बुढा, उद्योग वाणिज्य सङ्घका सल्लाहकार उमाकान्त पन्त, गढवा होटल व्यवसायी सङ्घका अध्यक्ष रामबहादुर थापा, र गढवा गाउँपालिका प्रेस संयोजक आलोक भावुक लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष मधा न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संघका कोषाध्यक्ष तथा रेडियो साझा आवाजका स्टेसन म्यानेजर दुःखहरण यादवले गर्नुभएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID