संघीय लोकतान्त्रिक मधेसी मोर्चा घोषणा गर्दै सात दल

पहिलो चरणमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नेतृत्व गर्ने

गणतन्त्रनेपाल

काठमाडौं । मधेस केन्द्रित सातवटा दलहरू मिलेर बिहीवार संघीय लोकतान्त्रिक मोर्चाको घोषणा गर्ने भएका छन् । नयाँ बानेश्वरमा रहेको काठमाडौं ब्याङ्केटमा बिहिवार ३ बजे तराई मधेश केन्द्रित सात दलका अध्यक्षहरूको उपस्थितिमा मोर्चा घोषणा कार्यक्रम रहेकोले नेता केशव झाले जानकारी दिए ।

सात दलको मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, डा. सीके राउत नेतृत्वको जनमत पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, रेसम लाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र वृशेषचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी रहने भएका छन् ।

यसअघि मोर्चामा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी समेत रहने गरी छलफल भए पनि सो पार्टी समावेश नहुने भएको छ ।

मोर्चाको नेतृत्व सातवटै दलका अध्यक्षले आलोपालो गर्ने बताइएको छ । पहिलो चरणमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नेतृत्व गर्ने बताइएको छ ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID