प्रेस सेन्टरकाे नेतृत्वका लागि हरेक हिसाबले सक्षम र योग्य छु : केसी 

आलोक भावुक

गढवा,१७ चैत्र। प्रेस सेन्टर नेपालको केन्द्रिय अध्यक्ष पदमा आस्था केसीले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ।

प्रेस सेन्टर नेपालको पाँचौं महाधिवेशनमा पत्रकार आस्था केसीले अध्यक्ष पदको लागि निर्वाचनमा होम्मिने बताउनुभएको छ।

विगत १८ वर्षदेखि निरन्तर कुनै न कुनै रुपमा काम गरिरहनु भएको हुनाले संगठनकाे इकाइ, जिल्ला हुँदै १ कार्यकाल केन्द्रीय सदस्य, १ कार्यकाल केन्द्रीय सचिव र अर्काे एक कार्यकाल नीति तथा परामर्श समितिमा काम गरेकाे अनुभवका रहेकोले अरु भन्दा कुनै पनि क्षेत्रमा आफु कम नरहेको आस्था केसीको दाबी रहेको छ।

प्रेस सेन्टरकाे नेतृत्वका लागि हरेक हिसाबले याेग्य र सक्षम भएकोले आफु प्रेस सेन्टर नेपालको अध्यक्ष पदमा उमेद्धवारी दिने घोषणा गरेकी हुँ आस्था केसीले भन्नुभयो।

 

प्रजातान्त्रिक विधिबाट नेतृत्व छनाैट हुनुपर्ने माग माग गर्दै केसीले सामाजिक सञ्जाल मा लेख्नुहुन्छ सम्मानित महाधिवेशनको हलले गरेको निर्णय स्वीकार गर्छु- मेरा सहकर्मी पुरुष मित्रहरू जो अध्यक्षको रेसमा हुनुहुन्छ उहांहरुसँग म प्रतिस्पर्धा गर्न तयार छु। उहाँहरूभन्दा कुनै पनि क्षेत्रमा म कम छैन प्रेस सेन्टरको नेतृत्वका लागि हर हिसाबले योग्य र सक्षम छु। तर निर्वाचनको प्रजातान्त्रिक विधिबाट नेतृत्व छनोट हुनुपर्छ भन्ने जोडदार माग गर्दछु पत्रकार केसीले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो विचार राख्नुभएको छ।

पत्रकार केसी २५ वर्षदेखिकाे पार्टीकाे लिगेसी र १८ वर्षदेखिकाे संगठनकाे लिगेसीलाई मध्यनजर गर्दै,पत्रकारिता क्षेत्रमा आधारमा, व्यावहारिक हिसाबले फिल्ड रिपाेर्टिङदेखि सम्पादन कक्षसम्मकाे अनुभव र शैक्षिक हिसावले पत्रकारिता र राजनीतिशास्त्र गरि २ विषयमा स्नातकाेत्तर हासिल गरि सक्नुभएको छ।

पत्रकार तथा साहित्यकार आस्था केसीले उज्यालोको खोजी र जनयुद्धको चिठी जस्ता आफ्नो साहित्यिक रचनाहरू प्रकाशित गरिसक्नुभएको छ। भने गणतन्त्र नेपाल डटकम अनलाइनको प्रधान सम्पादक तथा संचालिका समेत हुनुहुन्छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID