प्रेस सेन्टर नेपालको केन्द्रिय अध्यक्ष पदमा आस्था केसीको उम्मेदवारी !

आलोक भावुक

गढवा,१७ चैत्र।प्रेस सेन्टर नेपालको केन्द्रिय अध्यक्ष पदमा आस्था केसीले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ।

विगत १८ वर्षदेखि निरन्तर कुनै न कुनै रुपमा काम गरिरहनु भएको हुनाले संगठनकाे इकाइ, जिल्ला हुँदै १ कार्यकाल केन्द्रीय सदस्य, १ कार्यकाल केन्द्रीय सचिव र अर्काे एक कार्यकाल नीति तथा परामर्श समितिमा काम गरेकाे अनुभवका रहेकोले अरु भन्दा कुनै पनि क्षेत्रमा आफु कम नरहेको, प्रेस सेन्टरकाे नेतृत्वका लागि हरहिसाबले याेग्य र सक्षम भएकोले आफु प्रेस सेन्टर नेपालको अध्यक्ष पदमा उमेद्धवारी दिने घोषणा गर्नुभएको छ । सामाजिक संजालमा स्टाटस लेख्दै केसीले निर्वाचनकाे प्रजातान्त्रिक विधिबाट नेतृत्व छनाैट हुनुपर्ने माग समेत गर्नुभएको छ।

उहाँ लेख्नु हुन्छ “२५ वर्षदेखिकाे पार्टीकाे लिगेसी र १८ वर्षदेखिकाे संगठनकाे लिगेसीलाई मध्यनजर गर्दै,पत्रकारिता क्षेत्रमा आधारमा, व्यावहारिक हिसाबले फिल्ड रिपाेर्टिङदेखि सम्पादन कक्षसम्मकाे अनुभव र शैक्षिक हिसावले पत्रकारिता र राजनीतिशास्त्र गरि २ विषयमा स्नातकाेत्तर हासिल गरिसकेकाे याेग्यताकाे आधारमा, संगठन नै सर्बाेपरी रहेकाे मान्यतासहित मुलधारबाट पछाडि पारिएकाे उत्पिडित समुदाय महिला समुदायकाे तर्फबाट प्रतिनिधित्व गर्दै प्रेस सेन्टर नेपालकाे पाँचाैं महाधिवेशनमा अध्यक्ष पदकाे लागि निर्वाचनकाे मैदानमा हुनेछु।

सम्मानित महाधिवेशनकाे हलले गरेकाे निर्णय स्वीकार गर्नेछु। मेरा सहकर्मी पुरुष मित्रहरु, जाे अध्यक्षकाे रेशमा हुनुहुन्छ, उहाँहरुसँग म सबै कुरामा प्रतिष्पर्धा गर्न तयार छु। उहाँहरु भन्दा कुनै पनि क्षेत्रमा म कम छैन, प्रेस सेन्टरकाे नेतृत्वका लागि हरहिसाबले याेग्य र सक्षम छु । तसर्थ निर्वाचनकाे प्रजातान्त्रिक विधिबाट नेतृत्व छनाैट हुनुपर्छ भन्ने मेराे जाेडदार माग रहेकाे छ।”

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID