
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजवादीहरूले आफ्नो आन्दोलनमा मण्डले अराजकताको पराकाष्ठा प्रदर्शन गरेको बताएका छन् ।
समाजवादी मोर्चाको कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजवादीहरूले जनताको घरमा आगो लगाएर, प्रहरीलाई आक्रमण गरेर मण्डले अराजकताको पराकाष्ठा प्रदर्शन गरेको बताए।
‘तीनकुनेको सभामा राजवादीहरूले मण्डले अराजकताको पराकाष्ठा देखाए । उनीहरूको चरित्र नै त्यही हो,’ प्रचण्डले भने।
राजावादीहरूले मुलुकमा आतंक फैलाउन चाहेको आरोप उनले लगाए । प्रचण्डले समान्ती निरंकुशतावादीहरूको दिवा सपनालाई सफल हुन दिने बताए ।
मा प्रकाशित
