दलित र गैरदलित समुदायबीच सकारात्मक सोच आवश्यक – सभापति पाण्डे

प्रिया स्मृती गजमेर

दाङ – नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डेले छुवाछूत अन्त्य गर्नका लागि दलित र गैरदलित समुदायबीच रचनात्मक, प्रगतिशील र सकारात्मक सोच आवश्यक रहेको बताउनुभएको छ । समाजमा अझै पनि विद्यमान छुवाछूतजस्ता विभेद अन्त्य गर्न सबै पक्षको सहकार्य, चेतना अभिवृद्धि र व्यवहारिक परिवर्तन आवश्यक हुने उहाँको धारणा छ ।

उहाँको भनाइ अनुसार, कानूनी रूपमा छुवाछूत अन्त्य भए तापनि सामाजिक रूपमा यसको अवशेष अझै रहेकोले मानसिकता परिवर्तन र सामाजिक सद्भाव बढाउने प्रयास आवश्यक छ । यसका लागि शिक्षा, सचेतना अभियान, र एकअर्काबीच आपसी समझदारी कायम गर्नुपर्ने कुरा उहाँले जोड दिनुभएको छ।

आइतबार नेपाल दलित संघ दाङ क्षेत्र नम्बर १ ले लमहीमा आयोजना गरेको वृहत् अन्तरक्रिया तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सभापति पाण्डेले सो कुरा बताउनु भएको हो । त्यसैगरी महासमिति सदस्य कर्ण बहादुर बुढाथोकीले जातिय भेदभाव अन्त्य गर्न सबै मिलेर लाग्नु पर्ने बताउनु भयो । त्यस्तै अर्का महासमिति सदस्य सुशिला चौधरीले सबैले परिकल्पना गरेको समाज निर्माण हुन नसकेको बताउनु भयो ।

महासमिति सदस्य देविमाया थापाले अवसर सबैले पाउनु पर्ने विचार व्यक्त गर्दै संगठन मजबुत गराउन तर्फ सबै गम्भीर भएर लाग्नु पर्ने बताउनु भयो । त्यस्तै महाधिवेशन प्रतिनिधि मधु न्यौपानेले दलित समुदायको समस्या सम्बोधन गर्ने पार्टी नेपाली काङ्ग्रेस मात्र भएको बताउनु भयो । महाधिवेशन प्रतिनिधि तथा राजपुर गाउँपालिका उपाध्यक्ष धनपती देवि यादवले उच्च निच भनेर विभेद गर्नु दण्डनिय अपराध भएको बताउदै यस्ता क्रियाकलाप गर्ने जो सुकैलाई कानूनी कारबाही हुनु पर्ने बताउनु भयो ।

त्यसैगरी नेपाली कांग्रेस क्षेत्र नम्बर १ प्रदेश क का सभापति श्रीपत चौधरीले धार्मिक, सांस्कृतिक तथा सामाजिक परम्पराहरूको पुनरावलोकन गरी भेदभावपूर्ण अभ्यास हटाउनु पर्ने बताउनु भयो । नेपाल दलित संघ दाङका सभापति बाबुराम विश्वकर्माले दलित समुदायका युवाहरू सामाजिक अभियन्ता, उद्यमी, तथा जनप्रतिनिधिका रूपमा स्थापित हुँदै गएकाले समाजमा सकारात्मक परिवर्तनको संकेत देखिएको बताउनु भयो । अधिकारको सुनिश्चितता, अवसरको सदुपयोग, र नेतृत्व विकासले दलित समुदायको भविष्य उज्ज्वल बनाउनेमा आशा जागेको उहाँको भनाई छ । तर दलित समुदायले पनि आफ्नो समुदायले पनि एकाग्र भएर पार्टी र संगठनका निमित्त समर्पित भएर लाग्न सबैलाई आग्रह गर्नु भयो ।

त्यसैगरी महाधिवेशन प्रतिनिधि तारा प्रसाद नेपालीले अझैसम्म जातियताको कुरा अगाडी सारेर दलित माथी अन्याय हुने गरेको बताउनु भयो । महाधिवेशन प्रतिनिधि अनुराग यादवले दलित र गैरदलित बिच सुमधुर सम्बन्ध हुन जरुरी रहेको बताउनु भयो । समुदायको कारण कसैप्रती विभेद हुनु गलत भएको औल्याउँनु भयो ।

नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ का पुर्व क्षेत्रीय सभापति वासुदेव जंगलीले क्षमता र पार्टीमा लगानी गर्नेहरुले अवसर पाउनु पर्ने धारणा राख्नु भयो । लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले दलित समुदायका मानिसले पनि सोच परिवर्तन गर्न आवश्यक रहेको बताउनु भयो ।

त्यसैगरी नेपाली कांग्रेस लमही नगरपालिका सभापति सन्तोष बुढाथोकीले दलित समुदायलाई राजनीतिक रूपमा सशक्त बनाउँदै उनीहरूको नेतृत्व विकासमा ध्यान दिनु पर्ने बताउदै स्थानीय तहदेखि संघीय तहसम्म उनीहरूको सक्रिय सहभागिता सुनिश्चित हुनु पर्ने विचार राख्नु भयो । नेपाली कांग्रेस गढवा गाउँपालिका सभापति किरण पौडेलले दलित समुदायलाई रोजगारी, सिपमूलक तालिम र उद्यमशीलता विकासका अवसरहरू प्रदान गर्नु पर्ने बताउनु भयो । भूमिहीनलाई जग्गा उपलब्ध गराउने कार्यक्रम ल्याउनु पर्ने र सरकारी तथा गैरसरकारी निकायहरूमा दलितको समावेशीकरण बढाउनु पर्ने धारणा राख्नु भयो ।

त्यसैगरी नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ का पुर्व सहसचिव तथा दलित संघ दाङका पुर्व जिल्ला उपाध्यक्ष चन्द्र नेपालीले छुवाछूतविरुद्धका कानूनी प्रावधानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै दोषीलाई कडा कारबाही गरी कानूनी शासनको प्रत्याभूति हुन् आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा दलित समुदायले भोग्दै आएका सामाजिक विभेदका बारेमा गुनासो पोखेका थिए ।

नेपाल दलित संघ दाङ क्षेत्र नम्बर १ का सभापति प्रवल रसाइलीको अध्यक्षता, नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भेषराज पाण्डेको प्रमुख आतिथ्यता एवं महासमिति सदस्य कर्ण बहादुर बुढाथोकीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा नेपाल दलित संघ क्षेत्र नम्बर १ की उपाध्यक्ष निमा सुनारले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सहजीकरण प्रिया स्मृती गजमेरले गर्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID