विद्यार्थीलाई कानुन सम्बन्धी सचेतना तथा मस्यौदा लेखन सम्बन्धी जानकारी

आलोक भावुक

गढवा, २० फागुन। गढवा गाउँपालिकाले गढवा गाउँपालिका क्षेत्रभित्रका विद्यार्थीहरूलाई कानुनी सचेतना तथा मस्यौदा लेखन सम्बन्धी जानकारी दिएको छ।

गढवा गाउँपालिकाको आयोजनामा आज मङ्गलबार गढवा गाउँपालिका वडा नम्बर ४ मा रहेको दिपेन्द्र होम्जुन माध्यमिक विद्यालय पर्सेनिमा अध्ययनरत माध्यमिक तहका विद्यार्थीहरूलाई कानुनी सचेतना तथा मस्यौदा लेखन सम्बन्धी जानकारी दिइएको हो।

सम्पन्न कार्यक्रममा ५० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा प्रमुख प्रशिक्षकमा गढवा गाउँपालिकाका कानुनी सल्लाहकार तथा अधिवक्ता लुमबहादुर कार्की रहनुभएको थियो। कार्यक्रममा कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरू सहभागि भएका थिए।

कानुनी सचेतना तथा मसौदा लेखन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष तथा प्रमुख अतिथि एवं यम नारायण शर्मा पोखरेलले कानुनको जानकारी हुँदाहुँदै पनि कानुन विपरीत कार्य नगर्न विद्यार्थी भाइबहिनीहरूलाई अनुरोध समेत गर्नुभएको थियो। २० वर्ष नपुग्दै बिहे नगर्ने कानुनी प्रावधान भएतापनि गाउँपालिकाका केही ठाउँमा बालविवाह हुने गरेको र त्यो बालविवाह कुप्रथालाई अन्त्य गर्न बालबालिकाहरू सक्रिय रूपमा लाग्नुपर्ने अध्यक्ष पोखरेलले बताउनुभयो। बालविवाहको बारेमा परिवारले बलजप्ती गर्न चाहे पनि बालबालिकाहरूले त्यसको बारेमा आफूहरू जानकार भएको र आफ्नो बुवाआमालाई सम्झाउने तर्फ लाग्नुपर्ने बताउनुभयो। कम उमेरमा विवाह गर्नाले वैवाहिक जीवन सुमधुर नबन्ने विभिन्न समस्याहरू उत्पन्न हुने भएकाले उमेर पुगेपछि मात्र विवाह गर्ने गरी परिवारका सदस्यहरूलाई जानकारी गराउन विद्यार्थीहरूलाई अनुरोध समेत अध्यक्ष पोखरेलले गर्नुभयो।

त्यसैगरी कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका उपाध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथि शारदा कुमारी चौधरीले बालबालिकाहरूले आठ दश कक्षामा पढ्ने विद्यार्थी भाइबहिनीहरूले कानुन सम्बन्धी सामान्य जानकारी राख्न अनुरोध समेत गर्नुभयो। कानुन भनेको के हो गाउँपालिकामा रहेको न्यायिक समितिको काम कर्तव्य र अधिकार के हो यसको बारेमा विद्यार्थीहरुले सामान्य रुपमा जानकारी पाउनुपर्ने र त्यसैका लागि कार्यक्रमको आयोजना गरेको उपाध्यक्ष चौधरीले बताउनुभयो।

विद्यार्थीहरूलाई कानुनको परिचय कानुनको आवश्यकता मुलुकी फौजदारी कानुन कसुर र सजाय लागु औसत सम्बन्धी कसुरको जानकारी सहित कानुनको सम्बन्धी सचेतना तथा मस्यौदा लेखन सम्बन्धी जानकारी दिइएको थियो।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले कानुन ऐन नियम र संविधानको बारेमा प्रश्न र जिज्ञासा राखेकोमा सम्बन्धित जानकारी अधिवक्ता तथा गढवा गाउँपालिकाका कानुनी सल्लाहकार लुम बहादुर कार्कीले दिनुभएको थियो।

कार्यक्रममा बोल्दै दिपेन्द्र होमजु‌न माध्यमिक विद्यालय पर्सेनीका प्रधान अध्यापक केशव प्रसाद शर्माले यस किसिमको कार्यक्रमबाट सहभागी विद्यार्थीहरूको जिवनमा ऊर्जा थपिएको बताउँदै यस्तो कार्यक्रमबाट विद्यार्थीको व्यवहार परिवर्तन गर्न सकिने बताउनु भएको थियो ।

गढवा गाउँपालिका वडा नम्बर ३ मा रहेको दिपेन्द्र होमजुन माध्यमिक विद्यालय पर्सेनीका प्रधान अध्यापक केशवप्रसाद शर्माको अध्यक्षता तथा गढवा गाउँपालिकाका अध्यक्ष यम नारायण शर्मा पोखरेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक शारदा कुमारी चौधरीको विशिष्ट अतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दयाराम यादव, न्यायिक समितिका सदस्य रेखा कुमारी थापा, विद्यालयका शिक्षक लालबहादुर भण्डारी,न्यायिक समितिका उजुरी प्रशासक सुरेश पौडेल ,विद्यालयका शिक्षक चुडामणि अधिकारी,चन्द्रमा चौधरी, सावित्री कुमारी चौधरी, भागमनी यादव लगायतको सहभागिता रहेको थियो।

गढवा गाउँपालिका न्यायिक समितिका सदस्य रेखा कुमारी थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण गढवा गाउँपालिका प्रेस संयोजक आलोक भावुकले गर्नुभएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID